Tuesday, May 26, 2026

बारामा फरार १२ प्रतिवादी पक्राउ : लागुऔषध देखि कर्तव्य ज्यानसम्मका अभियोगमा संलग्न

ताजा / भरखरै प्राप्त

असार १६, बारा । जिल्ला प्रहरी कार्यालय बाराले फरार रहेका १२ जना प्रतिवादीलाई आज सोमबार एकैपटक पक्राउ गरेको छ ।

विभिन्न आपराधिक मुद्दामा लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत ईकाइबाट खटिएको टोलीले असार १५ गते नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये कतिपयमाथि लागुऔषध कारोबार, बैंकिङ कसुर, मानव बेचबिखन, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, वहुविवाह लगायतका मुद्दा दर्ता रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्तलाल दास, कृष्ण प्रभात कुशवाहा, माला अंसारी, दिनानाथ न्यौपाने, पदम थापा मगर, अजित राय, पुनदेव यादव, बिष्णु कुर्मी, महन्त अहिर, मोताहिर दर्जी, मोसलिम मिया र अनुठा चौधरीलाई रहेका छन् ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles