आदिस अबाबा – अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार ७११ पुगेको र १,२३७ जनाको मृत्यु भएको जानकारी अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले दिएको छ।
अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने, “अफ्रिकी महाद्वीपमा यस वर्षको सुरुबाट १४ हजार २४१ जनामा एमपक्स पुष्टि भएको छ र १,२३७ भन्दा बढीको मृत्यु भएको छ।”
गत हप्ता मात्र अफ्रिकामा ३,५४५ नयाँ घटनाहरू रिपोर्ट गरिएको क्यासियाले बताए। यो भाइरल रोग २० देशहरूमा फैलिएको छ र मानिसहरू अझै यसको शिकार भैरहेका छन्।

