Tuesday, May 26, 2026

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित

ताजा / भरखरै प्राप्त

उदयपुर – नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्याशी भोटराज राईले ४२ मत प्राप्त गरेको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित भएका छन् । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित भएका छन् । साथै सदस्यहरूमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित भएका छन् ।

एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।

spot_img

लोकप्रिय

Related Articles