Tuesday, May 26, 2026

बारामा आगो ताप्ने क्रममा एकजना ज्येष्ठ नागरिक महिलाको जलेर मृत्यु

ताजा / भरखरै प्राप्त

बारामा आगो ताप्ने क्रममा सोमबार एकजना ज्येष्ठ नागरिक महिलाको जलेर मृत्यु भएको छ । आफ्नै घर अगाडी परालको घुरमा आगो ताप्ने क्रममा बाराको प्रसौनी गाउँपालिका ७ बन्जरीया बस्ने स्वर्गिय सुरज साह कानुको ७५ वर्षिया श्रीमती रजिया साह कानुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आईतबार बिहान करिब ९ बजेको समयमा घर अगाडि आगो ताप्ने क्रममा अचानक कपडाबाट शरिरमा आगो लागी गम्भिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा ल्याईएको साह लाई थप उपचारको लागि काठमाण्डौ लाने क्रममा आज सोमबार बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । आईतबार दुबै हात, टाउको र खुट्टा जलेर घाईते भएको अवस्थामा प्रहरीमा आएको जानकारीको आधारमा प्रहरी सहायक निरिक्षक मन्सुद राउत गद्दीको कमाण्डमा गएको प्रहरीके टोलीले घाईते साहलाई उपचारका लागि प्रादेशीक अस्पताल कलैयामा ल्याइएको थियो । तर प्रादेशिक अस्पताल कलैयाले उनको उपचार अस्पतालमा सम्भव नरहेको भन्दै थप उपचारको लागि आईतबार ११ बजेको समयमा नारायणी अस्पताल वीरगंज रिफर गरेको थियो । वीरगंजमा पनि उपचार गर्न सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौ लाने क्रममा आज सोमबार विहान बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ । मृतक साहको प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टम गरि शव उनका छोरा बिन्दु साह कानुलाई बुझाईएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पिएसआर खबरलाई बताएका छन् ।

spot_img

लोकप्रिय

Related Articles