बाराको पचरौता नगरपालिकाको कामकाज आज दोस्रो दिन पनी ठप्प रहेको छ । पचरौता नगरपालिकामा भईरहेको विकास निर्माणको काममा भईरहेको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय बारा संग सुरक्षा माग गर्दा नदिएको भन्दै सोमबार देखी नगरपालिकाको सम्पूर्ण कामकाज बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई मौखिक र लिखित रुपमा पचरौता नगरपालिकामा विकास निर्माणमा देखिएको अवरोधका कारण उत्पन्न भएको समस्यालाई समाधान गर्नका लागि शान्ति सुरक्षा माग गर्दा प्रजिअ अधिकारीले सुरक्षाको व्यवस्था नदिएको भन्दै सोमबारदेखी नगरपालिका भित्र रहेका सम्पूर्ण कार्यालयको कामकाज ठप्प गरिएको नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताएका छन् ।
नगरपालिकाले विकास निर्माणका कार्यहरु निर्विवाद रुपमा संचालन भईरहेकोमा नगरपालिका अन्तर्गतकाको वडा नम्म्बर ७ बेनौलीमा सडक ढलान ततथा नाला निर्माण कार्यमा केहि व्यक्तिहरुले अटेर गरिरहेको र विकास निर्माणलाई अवरोध गर्न खोजेकाले उक्त ठाउँ खालि गराउन नगरपालिकाले प्रमुख जिल्ला अधिकारी संग सुरक्षाको माग गरेको थियो ।
यता प्रमुख जिल्ला अधिकारि बसन्त अधिकारीले नगरपालिकाको काम काज बन्द गरे पछि यसको सम्पूर्ण जिम्मेवारी नगरप्रमुखले नै लिनु पर्ने बताए । स्थानीयहरु संग समन्वय गरेर बिकासको गतिलाई अगाडी बढाउनेमा नगरपालिका चुकेको र नगरपालिकाले एकलौटी रुपमा आफुले चाहेको ठाउँमै घर र टहरा हटाउने भएकोले सुरक्षा प्रदान नगरिएको प्रमुख जिल्ला अधिकारीले बताए । आफुले विवाद भएको ठाउँमा स्थानीय संग समन्वय गरेर बाटो ढलान गर्नको लागि प्रहरीलाई नगरपालिकाले बोलाउने बितिकै उपस्थित गराउन नसकिने सिडियो अधिकारीले बताए । नगरपालिकाले सुरक्षा माग्ने बितिकै आफुले उपलब्ध गराउन नमिल्ने भनेको र नगरप्रमुखलाई अवस्था हेरेर मात्र सुरक्षा प्रदान गर्ने भनेको समेत उनले बताए ।

