सिम्रौनगढ नगरपालिकाको आयोजनामा पालिका स्तरिय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सिम्रौनगढ नगरपालिकाको सभाहलमा आईतबार सम्पन्न भएको कार्यक्रममा सिम्रौनगढ नगरपालिकाको १३ हजार किशोरीहरु लाई फाल्गुन ४ गतेदेखि ६ गतेभित्रमा एच.पि.भि. खोप अभियानको रुपमा लगाईने जनाईएको छ । खोप अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने लक्ष्य राखेको स्वास्थ्य शाखाका प्रमुख विजय ठाकुरले बताउनु भएको छ। अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई विद्यालयमा र विद्यालय जान नसक्ने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई समुदायमै गएर खोप प्रदान गरिने शाखा प्रमुख ठाकुरले बताउनु भयो ।
यो खोपले एच.पि.भि. भाइरसका १६ र १८ प्रजातिबाट हुने संक्रमण रोक्न मद्दत गर्दछ। यी दुई प्रजाति पाठेघरको मुखको क्यान्सरका कारण हुन्।
कार्यक्रममा खोप समन्वय समितिका सम्पूर्ण पदाधिकारी, जनप्रतिनिधि, सरोकारवाला निकाय, संचारकर्मि, सम्पूर्ण शाखा प्रमुख लगायत सशस्त्र प्रहरी निरिक्षक र नेपाल प्रहरी निरिक्षकहरुको उपस्थिती रहेको थियो ।

