Tuesday, May 26, 2026

आखिर प्रश्नबाट किन टाढा भाग्दैछ कलैया उपमहानगरपालिका ? किन गर्याे बन्द कोठामा सार्वजनिक सुनवाई ?

ताजा / भरखरै प्राप्त

कलैया उपमहानगरपालिकाले १४ नम्बर वडा कार्यालय बघवनमा गरेको सार्वजनिक सुनवाई कार्यक्रमबारे वडा सदस्यलाई पनि ढिलो जानकारी गराईएको पाईएको छ ।

उपमहानगरपालिकाले फाल्गुन २५ गते बन्द कोठामा सम्पन्न गरेको सार्वजनिक सुनवाई कार्यक्रमको बारेमा बिना सूचना जारी गरी हतारमा बजेटमात्र सक्नलाई कार्यक्रम गरेको आरोप लागिरहँदा १४ नम्बरकै वडा सदस्य राजकुमार जैसवाललाई समेत कार्यक्रमबारे पूर्व जानकारी नगराईएको आरोप लागेको छ ।

बुधबार पिएसआर खबरले “कलैया उपमहानगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम–उपस्थिती ३० जना, बजेट खर्च २ लाख”  भन्ने शिर्षकमा लेखेको समाचारमा वडा सदस्य जैसवालले कमेण्ट गर्दै यस्तो आरोप लगाएका हुन् । उनले कमेण्टमा लेखेका छन्  “यों एकदम जायज कुरो हो म एउटा वडा सदस्यको हैसियतले सचिवसँग सोधेको थिए कि तपाईले यो सुचना कहिले र कुन कुन ठाउँमा टास्न लगाउनु भो ? तर वहाँले भन्नुभयो की यो कुरा प्रविधिक लाई थाहा होला जबकि मलाई पनि २५ गते ९ बजे बैठकको बारेमा जानकारी गराउनु भयो । मैले. पनि वडाध्यक्ष, सचिव र नगरपालिकाका केहि कर्मचारीको बारेमा गुनासो राखे तर कुनै चासो देखिएन् । मलाई लाग्छ कि यो सबै मिलोमतोमा काम हुन्छ कि कसो ?”

उनले लेखे अनुसार उनी गुनासो गर्दापनि कुनै किसीमको चासो देखाईएन आखिर किन ? जब उठेको प्रश्नको जवाफ दिने ल्याकत छैन भने सार्वजनीक सुनवाई कार्यक्रमको आयोजना किन गर्याे उपमहानगरपालिकाले ? यसको जवाफ अहिले बघवनका यूवाहरुले खोजिरहेका छन् ।

spot_img

लोकप्रिय

Related Articles