Tuesday, May 26, 2026

बारामा स्थानीय सरकारले पत्रिकालाई सोध्यो स्पष्टिकरण

ताजा / भरखरै प्राप्त

बारामा स्थानीय तहले एक स्थानीय पत्रीकालाई स्पष्टिकरण सोधेको छ । पचरौता नगरपालिकाले शुभारम्भ राष्ट्रिय दैनिक नामक पत्रीकालाई स्पष्टिकरण सोधेको हो । नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले पत्र संख्या ०८१्०८२ चलानी नम्बर २६४१ फाल्गुन २८ गते पत्र काटेर स्पष्टिकरण सोधेका हुन ।

स्थानीय पत्रीकाले वर्ष ४ अंक १ सर ८१ मा र १ सय ८२ मा पहिलो पृष्ठमा ‘ स्वास्थ्यकर्मी भारती कुमारीको सहारा लिई भ्रष्टाचारलाई ढाकछोप गर्दै नगर प्रमुख जैसवाल, विपक्षीको अवार्डी दबाउन नगरप्रमुख जैयसवारले विधुतीय अपराध सम्बन्धी मुद्दाको सहारा लिदै भन्ने समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएकोले स्पष्टिकरण काटेको प्रवक्ता यादवले बताए ।


नगरपालिकामा हेल्थ असिस्टेन्ट पदमा कार्यरत छात्राको चरित्र हत्या गर्ने गरि कुन प्रमाणको अधारमा महिला स्वास्थ्यकर्मी तथा नगरप्रमुखको बारेमा तथ्यहीन समाचार सम्प्रेषण गरेकोले सो को यथार्थ प्रमाण, पत्रीकाको फोटोकपी समेत उपलब्ध गराउन पत्रमा उल्लेख गरिएको छ ।

यता नगरपालिकाको सो कार्यको चौतर्फी आलोचना भईरहेको छ । नगरपालिकाले पत्रकारको स्वतन्त्रता हनन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले आरोप लगाएका छन् । पत्रकारले कुनै किसिमको गैर जिम्मेवार काम गरेको छ भने, पिडित पक्षले न्याय खोज्न प्रस्सत ठाउ हुदा हुदै स्थानीय तहले आफनो अधिकार दुरुपयोग गरेको पासवानले बताए ।

नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले पत्र संख्या ०८१्०८२ को चलानी नम्बर १९ मा फाल्गुन २९ गते पत्र जारी गर्दै नगरपालिकाको कार्यको घोर विरोध गरेका छन् ।

नगरपालिका प्रवक्ता यादवले जारी गरेको पत्र प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघका अध्यक्ष सुवेदीले पत्रमा उल्लेख गरेका छन् । कानुनी राज्यमा विधिको शासन हुदा हुदै त्यसलाई आत्मसात नगरी आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर पत्रकार र पत्रीकालाई कमजोर बनाउन म, त्रसीत पार्न एवम मनोवल गिराउने गरि पत्र काटनु संविधान र कानुन विपरित भएको पत्रमा उल्लेख गरिएको छ ।

समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल देखि अदालतमा कानुनी उपचार खोज्न बाटो हुदा हुदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्न पचरौता नगरपालिकाको कार्य निन्दनीय रहेको सुवेदीले बताएका छन् ।

स्वतन्त्र प्रेस माथि हस्तक्षेप हुने गरि भएको कुनै कार्य पत्रकार महासंघ बारा शाखालाई सहय नहुने उनले बताए । पत्रकार र पत्रकारीताको हितको लागी यस्ता घटनालाई प्रसय दिने कुनै पनि व्यक्ति वा संस्थाको विपक्षमा उभिन महासंघ बारा बाध्य हुने महासंघको पत्रमा उल्लेख गरिएको छ ।

पचरौता नगरपालिकाले आफ्नो गतिविधि नसच्या महासंघ आन्दोलन गर्न बाध्य हुने नेपाल पत्रकार महासंघका अध्यक्षले पत्र जारी गरि चेतावनी दिएका छन् ।
यो समाचार राजधानी दैनिकबाट साभार गरीएको छ ।

spot_img

लोकप्रिय

Related Articles