बाराको कलैया उपमहानगरपालिकामा १४ मा गत मंगलबारबाट संचालनमा आएको ब्यूटिसियनको तालिम अर्को आदेश नभएसम्मको लागि स्थगित गरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा वडा स्तरीय बजेटबाट आज मंगलबार देखि सुरु भएको एक महिने ब्युटीशियन तालिम २५ प्रतिशत कमिशनमा बिक्रि भएको समाचार पिएसआर खबरमा प्रकाशन भएपछि कलैया उपमहानगरपालिकाले अर्काे आदेश नभएसम्मको लागि तालिम स्थगित गरेको हो ।
बैशाख ४ गतेको चलानी नम्बर ५४८० को पत्र अनुसार आयोजक संस्था सुन्दर नेपालको नाममा शिक्षा, यूवा तथा खेलकुद महाशाखा प्रमुख राजिव कुमार यादवको हस्ताक्षरित पत्रमा तालिम स्थगित गर्न सम्बन्धीत वडा कार्यालयलाई निर्देशन दिइएको छ ।
यसअघि हामिले सुन्दर नेपाल नामक गैह्र सरकारी संस्थाले मंगलबार बाट सुरु गरेको लक्षित वर्गको कार्यक्रम अन्तर्गतको ब्युटीशियन तालिम वडा बाट २५ प्रतिशत दिएर खरिद गरेको संस्थाका अध्यक्ष शिवबालक राय अहिरको भनाई राखेर समाचार प्रकाशन गरेका थियौं ।
अध्यक्ष अहिरका अनुसार वडा अध्यक्ष संग २५ प्रतिशत रकम दिने सहमति गरेर कलैया उपमहानगरसपालिकाका राजश्व शाखाका कर्मचारी तैयब अंसारीले तालिमको काम मिलाईदिएका थिए ।

