बाराको जितपुर सिमरा उपमहानगरपालिकामा कार र टिप्पर एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित भुइपुलमा आज दिउँसो करिब ३ बजेको समयमा निजगढबाट पथलैया तर्फ जाँदै गरेको टिप्पर र विपरित दिशाबाट आउँदै गरेको कार एकआपसमा ठोक्किदा दुर्घट्ना भएको हो ।
प्र २–०३–००१ ख ०६०७ नम्बरको टिप्परले विपरित दिशाबाट आउदै गरेको बा. ०१–०२५ च ५०७६ नम्बरको कारलाई ठक्कर दिदाँ कारमा सवार दुई जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
मृत्यु हुनेमा नाम नखुलेका कार चालक एकजना र सर्लाही बर्हथवा नगरपालिका १५ हजरीयाका नारायणहरि शर्मा रहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिनुभएको छ ।
दुर्घट्नामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि प्रसुति अस्पताल निजगढ बारामा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घट्ना पश्चात टिप्पर चालक फरार भएको र उनको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।

