Tuesday, May 26, 2026

प्रदेश सभा सदस्य समिरको योजनामा चरम लापरवाहि

ताजा / भरखरै प्राप्त

जेठ २५, बारा । बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्य मोहम्मद समिरको सिफारिशमा सञ्चालित विकास योजनामा चरम लापरवाही भएको पाइएको छ ।

सार्वजनिक खरिद नियमावली अनुसार सरकारी योजनाहरु संचालन गर्दा आयोजना सम्बन्धी सम्पूर्ण जानकारी सहितको होर्डिगं बोर्ड निर्माणस्थलमा राख्नुपर्ने हुन्छ । तर कलैया उपमहानगरपालिका १८ का चार वटा र वडा नम्बर ५ को एक योजनामा कुनैपनि जानकारी नगराई संचालन गरीरहेको पाईएको छ ।

योजनाको स्थलगतमा सार्वजनिक सूचनाको बोर्ड नराखी निर्माण कार्य भैरहेको पाइएको छ । क्षेत्र नम्बर ३ ख मा संचालित बारा कलैया उपमहानगरपालिका १८ मोतिसरमा धर्मशाला निर्माणमा ४५ लाख बजेट रहेको छ । पर्यटन विकास कार्यालय अन्तर्गत कलैया –१८ मा ५० लाख रुपैयाँको लागतमा तीन वटा सामुदायिक भवन निर्माण भइरहेको हो । बारा कलैया उपमहानगरपालिका १८ गुरुकुलम ट्रष्ट वाउन्डरी बाल निर्माण कार्य ५० लाख रुपैयाँको बजेट रहेको छ । त्यस्तै बारा कलैया उपमहानगरपालिका वडा नम्बर १९, १८ र २५ जोडने नालासहित सडक निर्माण कायर्मा ३० लाख रकम रहेको छ । यो सबै योजना संचालन भईराख्दा जानकारी मुलक कुनैपनि सूचना बोर्ड राखिएको छैन् ।

त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर सुशील मुडवरीको घरदेखि सुधिर यादवको घरसम्म सडक स्तरोन्नति ३५ लाख रुपैयाँको योजना रहेको छ । यी सबै योजनामा भइरहेको काम कारवाहीमा लापरवाही भेटिएको हो ।

सामुदायिक भवन,धर्मशाला,सडक र नाला निर्माण लगायत २ करोड १० लाख रुपैयाँ बराबरको योजनाहरूमा लापरवाही गरिएको देखिएको छ । सो योजनाहरुमा सानो सानो बोल्डर,घर भन्दा अलि बढी नालाको लेबल रहेको, टाईबिम ढ्लान गर्ने बेला माटो सरसफाइ नगरिएको पाईएको छ ।

पर्यटन विकास कार्यालय अन्तर्गत कलैया १८ मा ५० लाख रुपैयाँको लागतमा तीन वटा सामुदायिक भवन निर्माण हुने मनगढवास्थित पुलको तल निर्माण भैरहेको सामुदायिक भवन समीर कन्स्ट्रक्सन कलैयाले निर्माण गर्दै छ । उक्त कन्स्ट्रक्सन प्रदेश सभा सदस्य महम्मद समिरको काका नुरुल होदाको हो ।

विकास योजनामा लापरवाही भइरहेको छ र सार्वजनिक जानकारीका लागि अनिवार्य मानिने बोर्ड नराखी निर्माण कार्य भइरहेको छ । यसले पारदर्शिता,जवाफदेहिता र सार्वजनिक सरोकारको अपेक्षालाई उल्लंघन गरेको देखिएको स्थानीय शिव चन्द्र मण्डलले बताएका छन् ।

सम्पूर्ण योजना उपभोक्ता समिति गठन गरि ठेक्कामार्फत निर्माण कार्य भैइरहेको पाइएको छ । इस्टिमेट अनुसार काम नभएको तथा ठेकेदारहरुले लापारवाही ढंगले काम गर्दै आएको स्थानीयहरु आक्रोशित समेत भएका छन् ।

यता यस विषयमा क्षेत्र नम्बर ३ ख का प्रदेश सभाका सदस्य महम्मद समिरसंग सम्पर्क गर्दा मिटिङगमा छु पछी कुरा गर्छु भन्दै कल काट्दै प्रतिक्रिया दिन मानेनन् ।

त्यस्तै भौतिक पूर्वाधार विकास कार्यालय बाराका निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादवसंग बुझ्दा मोतिसरमा संचालित योजनाको साईट इन्जिनियर रामसेवक यादव हुनु हुन्छ वहालाई जानकारी गराउनुहोस उनले भनिन् । हाकिम भएर निर्माण भैरहेको सबै ठाउँमा कहाँ पुग्न सकिन्छ,सार्वजनिक सूचनाको बोर्ड राख्न ठेकेदारलाई लगाउछौ,लगाएन भने बोर्डको रकम काट्ने उनले बताइन् । निर्माण कार्यमा लापरबाही भैरहेको पाइएमा कार्वाही समेत गर्ने उनले भनिन् ।

त्यसैगरी मोतिसरका साइट इन्जिनियर रामसेवक यादवसंग ९८१९७६७८९१ मा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ । उपभोक्ता समिति गठन गरी ठेकेदारसंग काम गराउने प्रवृतिले यस्ता विकास योजनामा ठूलो आर्थिक चलखेलको सम्भावना रहेको स्थानीयको भनाई रहेको छ ।

spot_img

लोकप्रिय

Related Articles