Tuesday, May 26, 2026

कलैया उपमहानगरपालिकाको १ अर्ब ७२ करोड भन्दा बढीको बजेट सार्वजनिक

ताजा / भरखरै प्राप्त

धिरेन्द्र ठाकुर/ असार ०९, बारा । बाराको कलैया उपमहानगरपालिकाले १५ औं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

सोमबार करनराज पार्टी प्यालेसमा सम्पन्न नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख रौशन प्रविणले बजेट प्रस्तुत गर्दै शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ ।

बजेटले समावेशी र समतामूलक विकासको परिकल्पना गरेको छ, उपप्रमुख प्रविणले बजेट प्रस्तुत गर्दै भन्नुभयो, स्थानीय जनताको आवश्यकता र सम्भाव्यतालाई ध्यानमा राखी बजेट विनियोजन गरिएको उहाँले बताउनुभएको छ ।

यो बजेटले उपमहानगरपालिकाले पूर्वाधार विस्तार, विद्यालय स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच वृद्धि, युवा सशक्तिकरण तथा कृषिको आधुनिकीकरणलाई प्राथमिक एजेण्डाका रूपमा समेटेको छ। सामाजिक सुरक्षाको क्षेत्रमा समेत प्रभावकारी कार्यक्रम समावेश गरिएको बताइएको छ।

नगरपालिकाले स्रोत परिचालन र पारदर्शी कार्यान्वयन मार्फत बजेटको प्रभावकारिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै स्थानीय तहमा सुशासन र समावेशी विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने लक्ष्य लिइएको दाबि गरेको छ।

spot_img

लोकप्रिय

Related Articles