Tuesday, May 26, 2026

बाढीको बेला मेयरको झुठो प्रचारको पोल खोल्दा पत्रकारमाथि आक्रमण

ताजा / भरखरै प्राप्त

असोज २३, रौतहट । गौर नगरपालिकाका मेयर शम्भु साहमाथि बाढीपीडित जनताको पीडा माथि राजनीतिक प्रचार र झुठो अफवाह फैलाएको आरोप लागेको छ । सो विषयमा सत्य तथ्य सार्वजनिक गर्ने रौतहट जिल्लाका सक्रिय पत्रकार प्रवीण टिबडेवाल माथि आक्रमण भएको छ ।

घटनाका अनुसार, तीन दिनअघि गौर क्षेत्रमा आएको बाढीका कारण जनताको ज्यान र सम्पत्ति दुवै जोखिमा परेको बेला मेयर साहले सामाजिक सञ्जालमार्फत “भारतले आफ्नो पहलमा सुइलिस गेट खोलेको” दाबी गर्दै प्रचार गरेका थिए ।  तर, सो विषयमा पत्रकार टिबडेवाल दशगज्जामा रहेको सो सुइलिट गेट मै पुगेर समाजिक संजालमा लाइभ गर्दै वास्तविकता प्रसारण गरेका थिए । स्थलगत रिपोर्टिङमा नगर प्रमुखले दावी गरिएको सुइलिस गेटहरु बन्द रहेको र सो स्थानका स्थानीयहरुले समेत गेट नखुलेको भनेर बताएका थिए ।

नगर भरी आएको ठूलो पानीले केही बस्तीहरू डुबानमा परे, जनता राहतको बाटो कुरेर बसेको बेला नगर प्रमुख गलत सुचना फैलाउदै बसेको स्थानीयवासीको गुनासो छ ।
मेयरको दाबी गलत रहेको प्रमाणसहित समाचार प्रकाशन गर्ने पत्रकारमाथि त्यसपछि मेयरकै निर्देशनमा निकट समूहले आक्रमण गरेको बताइएको छ । आक्रमण अगाडि नगर प्रमुखले आक्रमणमा सहभागीहरु संग छलफल समेत गरेको श्रोत बाट जानकारी हुन आएको छ ।

आक्रमणमा संलग्न व्यक्तिहरूले पत्रकार टिबडेवाललाई ५ दिन भित्र ज्यान मार्ने धम्की समेत दिएको र शारीरिक आक्रमण गर्न खोजेको प्रत्यक्षदर्शी हरूले बताएका छन् ।

जनप्रतिनिधिले जनताको भावना विपरीत कार्य गर्दा जनता बाट आलोचना हुनु स्वभाविक नै रहेको र लोकतन्त्रमा अवाज उठाउने सबै नागरिकको अधिकार रहेकोले एक पत्रकार उपर नगर प्रमुखले हमला गर्न लगाउनु घोर निन्दनिय रहेको गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय गुप्ताले बताए ।

त्यस्तै संविधान सभा सदस्य तथा नेकपा एमाले नेता बबन सिंहले नगरप्रमुख आफ्नो जनाधार घटदै गएको हुनाले आतिएर जनता माथी आक्रमण गराउन शुरु गरेको भन्दै कडा रुपमा भत्सर्ना गर्दै मेयर शम्भु साहको आलोचना गरेका छन ।

पत्रकार टिबडेवालले बाढिको बेला नगरका जनताहरुलाइ सुसूचित गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै सचेत नागरिकहरूले मेयरको यस्तो व्यवहारको कडा निन्दा गरेका छन् ।
आफू माथी हमला हुँदा नेपाल पत्रकार महासङ्घ रौतहटका सचिव गौतम श्रेष्ठ पनि आफ्नो साथ मै रहेको र घटनाको प्रत्यक्षदर्शी समेत रहेकोले महासंघले घटनामा सहभागीहरुलाइ कारवाहिको दायरामा ल्याउन संबंधित निकायलाइ पहल गरिदिनु हुन पिडित संचारकर्मी प्रविण टिबडेवालले माग गरेका छन ।

“बाढी जस्तो संवेदनशील अवस्थामा जनताको भावना सँग खेल्ने, गलत सूचना फैलाउने र त्यसको भण्डाफोर गर्ने पत्रकारमाथि आक्रमण गराउनु प्रेस स्वतन्त्रता र लोकतन्त्रको आत्मामा चोट पुर्‍याउने कार्य हो ।”

घटनाबारे प्रहरी प्रशासनले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles