Tuesday, May 26, 2026

मोबाइलबाट उत्तर पठाउने गिरोहका तीन जना पक्राउ

ताजा / भरखरै प्राप्त

राैतहट ।चैत २० । माध्यमिक शिक्षा परीक्षा एस.ई.ई. को मर्यादा विपरीत कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
रौतहटको गरुडा नगरपालिका–४ गरुडा बजार क्षेत्रमा शुक्रबार दाेस्राे दिनकाे परिक्षा चलिरहेकै बेला करिब साढे १० बजे विभिन्न विद्यालयमा परीक्षा दिइरहेका विद्यार्थीहरूलाई लक्षित गरी व्हाट्सएप समूहमार्फत प्रश्नपत्र बाहिर निकाल्ने र त्यसका उत्तर मोबाइल फोनबाट पठाउने कार्य भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक जीवन कुमार मैनालीले जानकारी दिनु भएको  छ ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका–७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाहीको बलरा नगरपालिका–८ का १८ वर्षीय धिरज साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरू परीक्षा केन्द्रबाट प्रश्नपत्र ‘लिक’ गरी अनलाइन माध्यमबाट उत्तर पठाउने गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

लोकप्रिय

Related Articles