Thursday, June 4, 2026

विद्यालयको दुईतले भवनको वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदूत मिनाले गरे शिलान्यास

ताजा / भरखरै प्राप्त

रौतहट, जेठ १९।। भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) मार्फत रौतहटको राजदेवी नगरपालिकाको गडहियामा रहेका आधारभुत विद्यालयको दुई तल्ले पक्कि भवनको एक समारोहका बीच भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले शिलान्यास गरे ।
राजदेवी नगरपालिका–४ गडहिया स्थित आधारभुत विद्यालयमा उक्त परियोजना अन्तर्गत भारत सरकारको तर्फबाट २ करोड ९६ लाख अनुदान उपलब्ध गराइनेछ भने सम्बन्धित पालिकाले २० लाख बराबरको योगदान गर्नेछ ।
उक्त बजेटबाट विद्यालयको दुईतले आधुनिक भवन निर्माणका लागि मंगलवार एक समारोहका बीच वीरगञ्ज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदूत मिनाले शिलान्यास गरेका हुन् ।
शिलान्यास पश्चात सम्बोधन गर्दै महावाणिज्यदूत मिनाले भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूका लागि थप कक्षाकोठा, शौचालय तथा अन्य आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध हुनेछन् । यसबाट विद्यालयको भौतिक संरचना सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई गुणस्तरीय र सुविधा सम्पन्न शिक्षण वातावरण प्रदान गर्ने अपेक्षा लिएको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) भारत–नेपाल विकास साझेदारीको महत्वपूर्ण अंग रहेको चर्चा गर्दै मिनाले यस कार्यक्रमबाट मधेश प्रदेशमा विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्य संस्था, सडक तथा अन्य आधारभूत पूर्वाधार निर्माणका परियोजनाहरू सञ्चालन हुँदै आएको बताए ।
भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा आधारभूत पूर्वाधार विकास मार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्दै स्मरण गराए । एचआईसीडीपी परियोजनाको माध्यमबाट हालसम्म सयौं परियोजनाहरू स्वीकृत भई, अधिकांश सम्पन्न भइसकेका छन् भने केही परियोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका महावाणिज्यदूत मिनाले स्पष्ट पारे ।
विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माण मात्र नभई भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणको आधार भएको बताए । उनले यस परियोजनाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै समग्र समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशमा एचआईसीडीपी अन्तर्गत स्वीकृत ८७ परियोजना मध्ये अधिकांश सम्पन्न भइसकेका छन् । जसमध्ये सात परियोजना रौतहट जिल्लामा रहेको तथा तीन सम्पन्न भइसकेका छन् भने चार परियोजनाको निर्माण कार्य जारी रहेको बताए ।
यस बाहेक भारत सरकारले हालसम्म मधेश प्रदेशमा २२८ एम्बुलेन्स र ४० विद्यालय बस उपलब्ध उपहार स्वरुप गराइसकेको छ । ती मध्ये रौतहट जिल्लाले मात्र २० एम्बुलेन्स र ४ विद्यालय बस प्राप्त गरेको महावाणिज्यदूत मिनाले बताए । यी साधनहरूले स्वास्थ्य सेवा तथा शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
उनले नेपाल र भारतबीचको बहुआयामिक विकास साझेदारीले दुई देशबीचको ऐतिहासिक मित्रता र आपसी विश्वासलाई थप सुदृढ बनाएको उल्लेख गरे । भारतले ‘पडोसी पहिलो’ नीति अन्तर्गत नेपाललाई शिक्षा, स्वास्थ्य, व्यापार, पूर्वाधार तथा मानव विकासका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए ।
राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी राय यादवको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा दूतावासका काउन्सुल अजय जैन, नेकपाका केन्द्रीय सदस्य रेबन्त झा, जसपाका केन्द्रीय सदस्य अनिलकुमार सिंह, जसपा नेता श्रीमन नारायण मिश्र, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे सहित विद्यालय प्रशासनले भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको कार्य प्रति प्रशंसा व्यक्त गर्दै अगामी दिनमा रौतहट जिल्लामा थप पूर्वाधारहरुको विकासमा भारत सरकारको सहयोग हुनुपर्नेमा जोड दिए ।
चार करोड ३२ लाख ५१ हजार ७४७ रुपैया १४ पैसा लागत स्टीमेट रहदा गौरी गणेश कन्ट्रक्सन गौर ९ रोतहटले भ्याट सहित ३ करोड ६३ लाख ६ हजार २४३ रुपैया ९७ पैसामा ठेक्का सकार गरेर २०८४ साल जेठ २५ भित्र निर्माण कार्य पुरा गर्नुपर्ने सम्झौता गरिएको बुझिएको छ ।
सोही कार्यक्रममा महावाणिज्यदूत मिनाले ६३ लाख १० हजार ३८६ रुपैयाको ड्राफट चेक पहिलो किस्ता स्वरुप नगरप्रमुख रायलाई हस्तान्तरण गरेका थिए ।

spot_img

लोकप्रिय

Related Articles