Tuesday, May 26, 2026

स्थानीय तहको उपनिर्वाचन सम्पन्न, मतगणना प्रक्रिया सुरु

ताजा / भरखरै प्राप्त

काठमाडौं – स्थानीय तहको उपनिर्वाचन सम्पन्न, मतगणना प्रक्रिया थालिएको

स्थानीय तहको उपनिर्वाचन सकिएको छ र मतदान सम्पन्न भएसँगै मतपेटिकाहरूलाई मतगणनास्थलतर्फ ओसार्न थालिएको छ। आइतबार भएको मतदानपछि, अधिकांश स्थानमा आजबाटै मतगणना प्रक्रिया सुरु भएको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर १ तथा वडा नम्बर ४ का अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ। कीर्तिपुरको उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन्, यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी यस क्षेत्रमा परेको छैन।

त्यस्तै, काठमाडौंको वडा नम्बर १६ मा पनि वडा अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ।

आइतबार देशभरका ४१ जनप्रतिनिधिका लागि उपनिर्वाचन गरिएको थियो। यसमा एक नगर प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडा अध्यक्षका लागि मतदान भएको हो।

spot_img

लोकप्रिय

Related Articles