काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेकी उम्मेदवार जाना शाहीले अग्रता कायम राखेकी छन्।
सर्केगाड–१ को मतगणना जारी रहँदा, शाहीले ३४५ मत प्राप्त गरी अग्रता लिइरहेकी छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी देवकी तिमिल्सिना २७३ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेसकी सविता बुढा २०८ मतसहित तेस्रो स्थानमा छिन्।
जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले २७ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले २ मत प्राप्त गरेका छन्।

