Tuesday, May 26, 2026

माओवादीले जित्यो पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष

ताजा / भरखरै प्राप्त

रुकुमपूर्व । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् । बुढा ३ हजार ६ सय २७ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १सय २८ मत प्राप्त गरेकी छन् ।

पुथा उत्तरगङ्गामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । तर पनि माओवादीकी उम्मेदवार बुढा १५ सयभन्दा धेरै मतले विजयी भइन् । नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव तुलाचनले कांग्रेसको चुनाव चिह्न रुखबाट चुनावमा प्रतिस्पर्धा गरेका हुन् । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो । माओवावादी केन्द्रलाई एकीकृत समाजवादीले सघाएको थियो । २०७९ मा पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो ।

spot_img

लोकप्रिय

Related Articles