Tuesday, May 26, 2026

हुम्लाको सर्केगाडमा माओवादीकी तिमल्सिना विजयी, एमाले तेस्रो

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना कांग्रेसकी उम्मेदवार सविता बुढालाई ४३ मतले हराउँदै विजयी हुनुभएको हो ।

तिमल्सिना एक हजार छ सय ३६ मतसहित विजयी हुनुभयो भने कांग्रेसकी बुढाले एक हजार पाँच सय ९३ मत ल्याउनुभयो । एमाले उम्मेदवार जाना शाही तेस्रो हुनुभयो । यसअघि भएको चुनावमा सर्केगाडको उपाध्यक्ष माओवादीले नै जितेको थियो ।

spot_img

लोकप्रिय

Related Articles