Tuesday, May 26, 2026

दुर्गा प्रसाईँद्वारा उठाइएको ‘केपी ओलीको कम्बोडिया लगानी’ प्रकरणमा प्रहरी अनुसन्धान जारी

ताजा / भरखरै प्राप्त

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३ मा सार्वजनिक गरेको ‘केपी ओलीको कम्बोडियामा लगानीको प्रमाण’ शीर्षकको भिडिओमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रसाईँ यसै प्रकरणमा न्यायिक हिरासतमा छन्।

प्रसाईँले लामो समयदेखि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कम्बोडियाको दुरसञ्चार क्षेत्रमा अर्बौं लगानी गरेको’ आरोप लगाउँदै आएका थिए। हालै सार्वजनिक भिडिओमा उनले यसबारे थप प्रमाण प्रस्तुत गर्ने प्रयास गरेका थिए। साथै, आफ्नै सरकार बनेपछि ‘कम्बोडियाको फाइल खोल्ने’ दाबी समेत गरेका थिए।

तर यो विषय प्रसाईँमार्फत पहिलोपटक बाहिर आएको भने होइन। सन् २०२० मा लेबननमा जन्मेका फ्रान्सेली पत्रकार रोलेन्ड जकार्डले ‘ग्लोबल वाच एनालिसिस’ अनलाइनमा लेखिएको एउटा विवादास्पद लेखमा ओलीले कम्बोडियाको दुरसञ्चार क्षेत्रमा लगानी गरेको दाबी गरेका थिए। सोही लेखलाई आधार मानेर भारतीय मिडियाहरूले समेत ओलीमाथि समाचार प्रकाशित गरेका थिए।

ग्लोबल वाच एनालिसिस र पत्रकार जकार्डको विश्वसनीयता
ग्लोबल वाच एनालिसिसले सन् २०२० को जुलाई २० मा ‘द सल्फरस चाइनिज कनेक्सन्स अफ प्राइम मिनिस्टर केपी शर्मा ओली’ शीर्षकमा लेख प्रकाशित गरेको थियो। सो लेखलाई फेसबुकमा ‘स्पोन्सर’ गर्दै नेपालमा व्यापक प्रचार गरिएको थियो। यहींबाट ‘कम्बोडियामा लगानी र ओलीको चिनियाँ सम्बन्ध’बारेको चर्चा सुरु भएको हो।

पत्रकार जकार्ड र ग्लोबल वाच एनालिसिसको विश्वसनीयतामाथि प्रश्न उठाउँदै यो प्रकरण सीमापार दुश्प्रचारको एक हिस्सा भएको दाबीसमेत गरिएको छ। यसबारे थप अनुसन्धान र प्रसाईँको दाबीको वास्तविकता प्रष्ट हुन बाँकी छ।

spot_img

लोकप्रिय

Related Articles