Tuesday, May 26, 2026

विश्व बैंकले नेपालको हरित र समावेशी विकासका लागि १०० मिलियन डलर स्वीकृत

ताजा / भरखरै प्राप्त

काठमाडौँ – विश्व बैंकको बोर्ड बैठकले नेपालको हरित र समावेशी विकास कार्यान्वयनका लागि १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ६२ करोड रुपैयाँ) स्वीकृत गरेको छ।

अमेरिकाको वासिङ्टन डिसीमा भएको बोर्ड बैठकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहित तीन वटा विकास नीति सञ्चालन (डीपीओ) का लागि उक्त रकम स्वीकृत गरेको हो।

विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनका अनुसार, यो रकम नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि खर्च हुनेछ। उनले भने, “सहयोग सबै नेपालीका लागि दीर्घकालीन विकासको आधार र यसको दिगो संरक्षणमा योगदान पुर्‍याउनेछ। यस परियोजनाले हरित विकास, जलसुरक्षा, सिँचाइ, भूमि उपयोग, वन व्यवस्थापन, जलवायु र प्रकोप सूचना प्रणाली जस्ता विभिन्न क्षेत्रहरूमा मद्दत पुर्‍याउनेछ।”

सन् २०२१ देखि, विश्व बैंक नेपालमा वातावरणीय दिगोपन, हरित र समावेशी विकासका लागि परियोजना सञ्चालन गर्दै आएको छ। यसले बेरोजगारी, महामारी, र जोखिममा परेका सीमान्तकृत समुदायलाई आर्थिक अवसर प्रदान गर्नमा सहयोग पुर्‍याइरहेको छ।

spot_img

लोकप्रिय

Related Articles