Tuesday, May 26, 2026

मनकामना केबलकारको सेवा भोलि र पर्सि बन्द हुने

ताजा / भरखरै प्राप्त

काठमाण्डौ – मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि भोलि पुस १ र पर्सि २ गते सेवा बन्द गर्न लागिएको जानकारी दिनुभयो । टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको र मर्मतपछि पुस ३ गते बुधवारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताउनुभयो ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक २०५५ साल मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्छ ।

spot_img

लोकप्रिय

Related Articles