Tuesday, May 26, 2026

गुल्मीमा महिलाको मृत अवस्थामा शव फेला, हत्या आशंका

ताजा / भरखरै प्राप्त

गुल्मी – इस्मा गाउँपालिका–४ हुलकीकी ५० वर्षीया मिना दर्लामी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

स्थानीय भोला सिंह थापाका अनुसार मृतक दर्लामीको शरीरभरि चोटपटक र रगत देखिएको छ। घटनाबारे जानकारी दिँदै थापाले आइतबार राति ९–१० बजेतिर घटना भएको हुनसक्ने बताए। मृतक मिना आफ्ना श्रीमान शिवबहादुर दर्लामीसँग बस्दै आएकी थिइन्।

घटनास्थलमा शवको अवस्था हेर्दा हत्या भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थलतर्फ गइरहेको र मुचुल्कापछि थप विवरण आउने जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

spot_img

लोकप्रिय

Related Articles