Tuesday, May 26, 2026

पुस महिनामा ११ बैंकले ब्याजदर समायोजन गरे

ताजा / भरखरै प्राप्त

काठमाडौं। पुस महिनाका लागि ११ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन्। २० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी २ बैंकले निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन्।

साधारण बचत खातामा ३ बैंकले ब्याजदर घटाएका छन् भने १ बैंकले सामान्य रूपमा बढाएको छ। एकवर्षे व्यक्तिगत मुद्दती खातामा ३ बैंकले ब्याजदर घटाउँदा १ बैंकले मात्रै बढाएको छ। त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा ८ बैंकले ब्याजदर घटाएका छन्।

समायोजित नयाँ ब्याजदर आजदेखि लागू भएको छ।

spot_img

लोकप्रिय

Related Articles