काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने कुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले सुशासन कायम भए मात्रै राजनीतिक स्थिरता कायम हुने बताएका छन् । उनले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने उल्लेख गर्दै भने, ‘सुशासन कायम गर्ने कुरा अहिलेको सरकारको मुख्य लक्ष्य हो । सुशासन कायम भयो भने राजनीतिक स्थिरता पनि कायम हुन्छ, सरकारको स्थिरता पनि कायम हुन्छ ।सरकारको स्थिरता कायम हुँदा राजनीतिमा राम्रो हुन्छ ।’
राजनीतिक स्थिरता कायम गर्न, सुशासन कायम गर्न पनि ठूला राजनीतिक दलहरूमा एकता गरेको उनको भनाई थियो। उनले थपे, ‘अहिले कांग्रेस र एमालेबीचको सरकार बनाएर सुशासन दिएका छौं । भ्यागुताको धार्नी पुर्याउनु पर्ने स्थितिको अन्त्य गरेका छौं ।’

