Tuesday, May 26, 2026

जनकपुर बोल्ट्सका खेलाडीहरूलाई पचरौताको आर्थिक सम्मान

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिगको पहिलो सिजनमा विजय प्राप्त गरेका जनकपुर बोल्ट्सका खेलाडीहरूलाई बुधबार बाराको पचरौता नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ ।


पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह जयसवारले नेपाल प्रिमियर लिगको बिजेता जनकपुर बोल्ट्सका कप्तान अनिल शाह र खेलाडि अरनिको यादवलाई जनही ५०–५० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

वडा नम्बर ७ बेनौलीमा आयोजित सम्मान कार्यक्रममा नगर प्रमुख जयसवारले खेलाडिहरुको प्रशंसा गरेका छन् । आफ्नै नगरपालिकाको बेनौलीका खेलाडि अनरनिको यादव तथा बाराकै अर्का खेलाडि अनिल शाहले नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरि नगरपालिका तथा जिल्लाको नाम रोशन गरेको भन्दै नगरप्रमुख जयसवारले प्रशंसा गरेका छन् ।


उक्त अवसरमा नगरपालिकाले आफ्नो पालिकाको विभिन्न गाउँहरुमा ’ट्रफी परेड’ पनि गरेको छ ।

spot_img

लोकप्रिय

Related Articles