बाराको देवताल गाउँपालिकाका अध्यक्ष उदय यादवलाई कारवाहीको माग गर्दै यूवा जनमत संघले प्रेस विज्ञप्ती जारी गरेको छ । यूवा जनमत संघका जिल्ला अध्यक्ष विकास कुमार सिंहद्धारा हस्ताक्षरीत विज्ञप्तीमा पौष २५ गतेका दिन देवताल गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको क्रममा गाउँपालिका अध्यक्ष यादवले सामान्य विवादमा यूवाहरुलाई उचालेर कुटपिट गराएको भन्दै कारवाहीको माग गरिएको छ ।
देवताल गाउँपालिकाको वडा नम्बर ५ धुरहा विद्यालयको प्रांगणमा खेल भईरहँदा बच्चाहरु एकआपसमा झगडा गरेको र त्यस झगडामा सहभागिलाई समझाई बुझाई गरि मिलाउने ठाउँमा एकदर्जन भन्दा बढी बच्चालाई उचालेर हातमा लठ्ठी लिएकाहरु संग आफु स्वयम लखेटी लखेटी कुटपिट गराएको भन्दै प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यहीं झगडामा बहुअर्वा निवासी संजय यादवको टाउकोमा चोट लागि घाईते भएको उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष यादव आफ्नो जिम्मेवारी पुरा नगरि आफै यस्तो घट्ना घटाउने गरेको र देवताल गाउँपालिकामा शान्ति, सुरक्षा र जनतामा विकासको अनुभुती दिलाउन र शिक्षाको स्तर बढाउने ठाउँमा आफै अध्यक्षले गलत गरेको भन्दै यूवा जनमत संघले घट्ना बारे छानबिन गरि दोषिलार्य कारवाही गर्न माग गरेको हो ।

