Tuesday, May 26, 2026

पचरौतामा हुलाक सेवा कार्यालयको स्थापना

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको पचरौता नगरपालिका ७ मा शुक्रबार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीति अन्तर्गत पचरौता नगरपालिकामा हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको हो ।
जिल्ला हुलाक कार्यालय बाराले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख जलंधर सिंहले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।
कार्यालय उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव, गगनदेव प्रसाद यादव, जिल्ला हुलाक कार्यालय प्रमुख सहित स्थानीयको सहभागिता रहेको थियो ।
spot_img

लोकप्रिय

Related Articles