पचरौता नगरपालिका र जिल्ला प्रशासन कार्यालय बारा बिच सहमति भएपछि आज बिहिबारदेखि नगरपालिकाको कामकाज सुचारु भएको छ । पचरौता नगरपालिकामा भईरहेको विकास निर्माणको काममा भईरहेको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय बारा र नगरपालिका बिच शान्ति सुरक्षा सम्बन्धमा सहमति भएपछि ३ दिनपछि नगरपालिकाको कामकाज सुचारु भएको प्रेस विज्ञप्ती मार्फत नगरपालिकाले जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई मौखिक र लिखित रुपमा पचरौता नगरपालिकामा विकास निर्माणमा देखिएको अवरोधका कारण उत्पन्न भएको समस्यालाई समाधान गर्नका लागि शान्ति सुरक्षा माग गर्दा प्रजिअ अधिकारीले सुरक्षाको व्यवस्था नदिएको भन्दै सोमबारदेखी नगरपालिका भित्र रहेका सम्पूर्ण कार्यालयको कामकाज ठप्प गरिएको थियो ।
नगरपालिकाले विकास निर्माणका कार्यहरु निर्विवाद रुपमा संचालन भईरहेकोमा नगरपालिका अन्तर्गतकाको वडा नम्म्बर ७ बेनौलीमा सडक ढलान ततथा नाला निर्माण कार्यमा केहि व्यक्तिहरुले अटेर गरिरहेको र विकास निर्माणलाई अवरोध गर्न खोजेकाले उक्त ठाउँ खालि गराउन नगरपालिकाले प्रमुख जिल्ला अधिकारी संग सुरक्षाको माग गरेको थियो ।

