गत मंगलबार टिपरको ठक्करबाट मृत्यु भएका शिवपूजन पटेल दुर्घटनाको सूचना बारा प्रहरीले लुकाउने प्रयास गरेको पाईएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्दा यस घटनाबारे प्रहरीले बताउन नचाहेकोले घटनाको सूचना लुकाउने प्रयत्न भएको देखिएको छ।
फागुन १४ गते बुधबार बेलुका ६ः३० बजेको बिचमा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वा स्थित तेलकुवाँबाट ईनर्वातर्फ जादै गरेको ना.ठ ख. २९६६ नम्बरको टिपरले एक मोटरसाइकललाई ठक्कर दिएको थियो।
महागढीमाई नगरपालिकाको केन्द्र बरियारपुरबाट तेलकुवाँ तर्फ आउँदै गरेको बि.आर ०१ एफ.के. ९६४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवककको दुर्घटना स्थलमै मृत्यु भएको थियोे। मृत्यु हुनेना मोटरसाइकल चालक बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपरा बस्ने अन्दाजी २५ वर्षीय शिवपुजन पटेल रहेको श्रोतले जानकारी दिएको छ।
गम्भीर घाईते भएका सोही मोटरसाइकलमा पछाडि सवार जिल्ला रौतहट बृन्दावन गाउँपालिका विश्रामपुर बस्ने अन्दाजी २५ वर्षीय सैनिक पटेलको बयोधा अस्पताल वीरगंज पर्सामा उपचार भईरहेको छ।
घट्ना पछि प्रहरीले टीपर चालक बाराको आदर्शकोतवाल गाउँपालिका बस्ने राकेशकुमार साहलाई पक्राउ पनि गरेको छ । तर यसबारे प्रहरीले केहि बताउन भने चाहेको छैन् ।
उक्त टिपर सहित चालक साहलाई नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरि बारा जिल्ला अदालत कलैयाबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको छ।
यस विषयमा बुझन खोज्दा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङलाई ९८५५००५५५५ मा सम्पर्क गर्दा उनको फोन उठेको छैन् ।

