Tuesday, May 26, 2026

बागमति तथा लालबकैया नदि नियन्त्रण आयोजना कार्यालय परवानिपुरमा छडके

ताजा / भरखरै प्राप्त

बागमति तथा लालबकैया नदि नियन्त्रण आयोजना कार्यालय परवानिपुरमा आज बिहिबार जिल्ला प्रशासन कार्यालय बाराले छडके चेकजाँच गरेको छ । छडके चेकजाँचको क्रममा दुईजना कर्मचारी बिना सूचना लामो समयदेखि सम्पर्क विहिन रहेको पाईएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बाराको नायब सुब्बा रत्न बहादुर स्यांगतानको नेतृत्वमा गएको टोलीले आज बिहिबार चेकजाँच गर्दा त्यस कार्यालयका ईन्जिनियर चन्देश्वर महतो र सब ईन्जिनियर मुकेश कुमार महतो बिना सूचना अनुपस्थित रहेको पाईएको हो । ईन्जिनियर चन्दै्रदेव महतो विगत ४ दिनदेखि र सब ईन्जिनियर मुकेश कुमार महतो विगत ५ दिनदेखि विना सूचना सम्पर्क विहिन रहेको छड्के टोलीले बताएको छ । अनुपस्थित रहेको कर्मचारीहरुले कार्यालय प्रमुख संग पनि स्विकृती नलिएकाले नियमानुसार कावाृही गरीने टोलीका नेतृत्व गरेका नायब सुब्बा स्यांगतानले जानकारी दिनुभएको छ ।

spot_img

लोकप्रिय

Related Articles