जिल्ला प्रहरी कार्यालय रौतहटमा लामो समय देखि एउटै फाँटमा कार्यरत प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्तालाई कार्वाही गरिने प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताउनु भएको छ ।
प्रहरी संगठनको निर्देशन विपरीत १९ महिनादेखि प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटमा बसेर अवैद्ध कमाई गरीरहेका प्रहरी निरीक्षक गुप्तालाई विभागिय कार्वाही गरीने प्रहरी महानिरीक्षक कुँवरले बताउनु भएको हो । पिएसआर खबर संग कुरा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने “म प्रहरी प्रमुख भएदेखि नै प्रहरी निरीक्षकहरुको १ वर्षमा सरुवा गर्ने निति बनाएर सरुवा गर्ने निर्देशन दिएको भएपनि प्रहरी निरीक्षक गुप्ता १९ महिना देखि कार्यरत रहेको कुरा आफ्नो जानकारीमा नरहेको र अब जानकारी भएपछि प्रहरी निरीक्षक गुप्तालाई तुरुन्त कार्वाही गरीने छ ।”
प्रहरी महानिरीक्षक कुँवरले के कारणले प्रहरी निरीक्षकलाई एउटै फाँटमा १९ महिना देखि राखिएको र कसको आदेशमा राखिएको बारे बुझेर उनलाई सहयोग गर्नेलाई पनि कार्वाही गरिने बताउनु भएको छ । प्रहरी निरीक्षक गुप्ता सहायक निरीक्षक रहेको बेला समेत रौतहटको विभिन्न चौकीहरुमा इन्चार्जको रुपमा कार्यरत रहेकोले प्रहरी कार्यालयमा दलाली गर्ने एजेन्टहरु संग वहाँको राम्रै साटघाट रहेको छ भने सो को प्रत्यक्ष फाइदा उठाउन एसपी घिमिरेले आफ्नो विश्वास पात्रको रुपमा गुप्तालाइ अगाडि सार्दै आएका छन ।

