विगत लामो समय देखि रौतहट प्रहरीको संरक्षणमा भारत बाट नेपाल तर्फ अवैध मानिएको हुण्डी कारोबार गर्दे आएका गौर ३ बस्ने निरन्जन जैसवाल भन्ने पप्पु जैसवाल र गौर २ बस्ने निरज जैसवालको हुण्डी कारोबार सम्बन्धि समाचार आए पछि दुबै जना भारत तर्फ फरार भएका छन् भने उमेश अग्रवाल काठमाण्डौ तर्फ हिडेका छन् ।
हुण्डी कारोबार बारे रौतहट प्रहरी अनुसंधानको लागी नियन्त्रणमा लिन सक्ने संभावना महसुस गरी तिनै जना कारोबारी फरार भएको श्रोतले जनाएको छ ।
समाचार श्रोतका अनुसार पिएसआरमा गौर स्थित विभिन्न नाकाको प्रयोग गरी पप्पु समुहले हुण्डी कारोबार गर्ने गरेको समाचार प्रकासन भएको केहि बेर मै सो समुहका तिनै जना अलग अलग स्थानमा फरार भएका छन् भने कारोबारमा साईडबाट भुमिका निर्वाह गर्ने पप्पु जैसवालको सानो भाई नितेश जैसवाल आर्थिक प्रलोभन दिई विभिन्न सम्बन्धित निकायलाई मिलाई दिन शक्ति केन्द्र धाई रहेको जानकारी प्राप्त हुन आएको छ ।
करीब ५ वर्ष देखि हुण्डी कारोबार गर्दै आएका पप्पुले २० करोड रुपैया भन्दा बढि गैरकानुनी आम्दानी गरेका छन् । अवैध आमदानी बाट पप्पु जैसवालले सदरमुकाम गौरमा ३ वटा आलिसान घडेरी जोडेका छन् भने मुल रुपमा भारतिय नागरीक रहेका जैसवालले भारतको बिहार राज्य अन्र्तगत घोडासहनमा समेत आलिसान घडेरी खरिद गरेका छन् ।
पप्पुको भारत तर्फ रहेका हुण्डी कारोबारका पार्टनर मानिएका बैधनाथ पटेल संग समाचार श्रोतले बुझदा पप्पुले दैनिक ३ देखि ४ करोड रुपैया नेपाल तर्फ ओसार्ने गरेका थिए भने सिमावर्ति बैरगनियको विभिन्न नाका प्रयोग गरी अलग अलग कारोबारीहरु समेत गरी दैनिक २५ करोड भन्दा बढिको हुण्डी कारोबार हुने गरेको छ ।
हुण्डी कारोबारमा भारत तर्फ पैसा संकलनका लागी पप्पु जैसवाल समुहले बैरगनियामा ४ जना एजेन्ट राखेका छन । करीब ५ वर्षमा अबौंको हुण्डी कारोबार गरेको सो समुहको आज सम्म प्रहरीले कुनै रकम सिमामा बरामद गर्ने नसकेकोले प्रहरीको भुमिका पनि शंकास्पद रहेको देखिएको छ ।
यस विषयमा समुहका कुनै पनि सदस्यहरु बोल्न चाहेका छैनन् । यो विषयमा यस समूहका मूख्य मानिएका पप्पु जैसवालको मोबाईल नम्बर ९८४५५७८५९३ मा सम्पर्क गर्दा स्विच अफ रहेको थियो । त्यस्तै उनका अर्का सहयोगि निरज जयसवालको नम्बर ९८५५०४०७१३ पनि बन्द रहेको छ ।

