Tuesday, May 26, 2026

सट्ही कारोबारी बाट हुण्डि कारोबारी बनेका पप्पु समुहको नालीबेली

ताजा / भरखरै प्राप्त

भारतिय नागरीक समेत रहेका निरन्जन जैसवाल भन्ने पप्पु बाल्यकाल देखि सदरमुकाम गौर स्थित मामा घरमा बस्दै आएका पात्र हुन । पप्पुले पछिल्लो समय भारत र नेपालमा चर्चित हुण्डि कारोबारीको रुपमा पहिचान स्थापित गरेका छन् ।
मामाघरमा बस्दै आएका पप्पु शुरुवातमा किराना पसलबाट आम्दानीको क्रम सुरु गरे पनि बिस्तारै बिस्तारै वैधानिक कारोवार लाई परिर्वतन गर्दै राज्यले प्रतिबन्ध गरेका गैर कानुनी कारोबार तर्फ उन्मुख हुदै गएका थिए । सोहि क्रममा पप्पुले ५ वर्ष अगाडि नेपालमा सट्हीको कारोबार समेत गर्न भ्याए ।
सट्हीको कारोबार संचालनको वखत पुप्पुले नेपालको विभिन्न अलग अलग बैंकको अलग अलग शाखामा खाता संचालन गरी भारतिय रकम नेपाल भित्र्याउने गरेका थिए । ५ वर्ष अगाडि सटहीमा बट्टा को मोल बढि रहेको बेला यो समुहले नेपालमा रहेको बैंक खातामा नेपाली रकम जम्मा गरी आफु संग रहेको ४ दर्जन भन्दा बढि एटिएमको प्रयोग गरी नजिक पर्ने भारतिय एटिएमहरुबाट भारतिय रकम निकाली गैरकानुनी ढंगबाट अवैध कारोबार गर्ने गरेका थिए ।
सो क्रममा बिहारको सितामढी, ढाका लगायत आसपासका एटिएमलाई यो समुहले आफ्नो कारोबारको केन्द्र बनाएको थियो । त्यस्तै हाल पप्पुको हुण्डि कारोबारका सहयोगी पात्र रहेका उमेश अग्रवाल समेत विगतको दिनका सट्ही व्यापारी हुन ।
अग्रवालले समेत सो समयमा पप्पुको जस्तै अबैध कारोबार गर्ने गरेका थिए । लामो समय देखि अवैध मुद्राको कारोवार गरी नेपाल सरकारलाई मौद्रिक हानी नोक्सानी पुर्याउदै आएका यि पात्रहरु पछिल्लो समय भारु नेरु को कारोबारलाई बिराम दिई हाल हुण्डिको कारोबारमा सक्रिय भएका छन् भने यस कारोबारमा यो समुहमा निरज जैसवाल र नितेश जैसवालको नाम समेत जोडिएको छ ।
नितेश जैसवाल पप्पुको सहोदर कान्छो भाई हुन भने निरज जैसवाल व्यापारीक पार्टनर हुन । यसरी ४ जनाको समुहमा रहेको हुण्डिको जालो प्रहरीको संरक्षण मै आफ्नो कारोबार फस्टयाउन सफल भएको श्रोतको दाबी रहेको छ । प्रहरीको आँखामा धुलो छरेर अबैध कारोबार बाट पप्पुले २० करोड भन्दा बढि आम्दानी गरेको उनको छिमेकि बताउछन् ।
हुण्डि कारोबारका लागी गौर संग जोडिएको भारतिय बजार बैरगनियामा पप्पुले ४ जना एजेन्टहरु राखेका छन् । बिहारमा नेपाली पैसाको चलनचल्ती रहेको व्यापारीक केन्द्रहरुबाट पप्पु समुहको भारतिय एजेन्टहरु दिलिप जैसवाल, कौशल जैसवाल, सन्नि जैसवाल र बैधनाथ पटेलले नेपाली रकम संकलन गर्ने गरेका छन् । संकलन भएको ठुलो परिमाणको सो रकम पप्पु सहितको समुहले विभिन्न गैरकानुनी ढंगबाट सहायक मार्ग प्रयोग गरी नेपाल भित्रयाउने गरेको छन् ।
हुण्डिको रकम नेपाल भित्र्याउन समूहले कुनै काममा नलागेका बेरोजगार युवाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको र नेपाल भित्री सकेको रकम लाई बैंक लगायत अन्य माध्यमले निरज जैसवाल, नितेश जैसवाल र उमेश अग्रवालले सम्बन्धित बैंक खाताहरुमा पठाउने गरेका छन् ।
दैनिक हुण्डिको ३ देखि ४ करोडको ट्रान्जेक्सनमा बैंकका कर्मचारीहरुले समेत अवरोध गर्ने भएको हुँदा यिनीहरुले बैंक कर्मचारी लाई समेत १ लाख बराबर १ सय रुपैया थप दिने गरेका छन् । यसरी नेपालमा अबैध हुण्डिको जालो बनाएका यो समुहको ७ वर्ष अगाडि देखि नेपालमा रहेको विभिन्न बैंक खाताहरुको कारोबार सुक्ष्म ढंगबाट अनुसंधान भए हाल सम्म यो समुहले नेपाल सरकारलाई पुर्याएको मौद्रिक हानीनोक्सानीको ठुलै रहस्य बाहिरिने पक्का छ । यो समुह उपर नेपाल प्रहरीको प्रधान कार्यालय, राष्ट्रिय अनुसंधान कार्यालय, सम्पत्ति शुद्धिकारण विभाग, नेपाल प्रहरीको मधेश प्रदेश कार्यालय लगायतले छानबिन समिती बनाई अनुसंधान गर्न सके प्रहरीको लागी ठुलो सफलता हुने जानकारहरु बताउछन् ।
यो विषयमा यस समूहका मूख्य मानिएका पप्पु जैसवालको मोबाईल नम्बर ९८४५५७८५९३ मा सम्पर्क गर्दा समाचार तयार पार्दा सम्मको समयमा स्विच अफ रहेको थियो । त्यस्तै उनका अर्का सहयोगि निरज जयसवालको नम्बर ९८५५०४०७१३ पनि बन्द रहेको छ । समूहका अन्य सदस्य भने सम्पर्कमा आउन चाहेनन् ।

spot_img

लोकप्रिय

Related Articles