Tuesday, May 26, 2026

न्यायीक समितिलाई सक्रिय बनाउँदै बाराका प्रजिअ बसन्त अधिकारी

ताजा / भरखरै प्राप्त

महिला तथा बालबालिकाको अवस्था, समस्या र समाधानको बारेमा बाराका स्थानीय तहका न्यायीक समितिका संयोजक संग अन्र्तक्रिया गरेको छ । जितपुर सिमरा उपमहानगरपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा मंगलबार अन्र्तक्रिया भएको हो ।
स्थानिय तहको न्यायिक समितिमा मेलमिलाप मार्फत निरुपण हुने मुद्दामामिलाहरु पनि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा अत्याधिक रुपमा पुग्न थालेपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अगुवाईमा समितिका पदाधिकारीहरु संग अन्र्तक्रिया भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहमा न्यायिक समितिलाई १२ प्रकारको विवाद सिधै निरुपण गर्न सक्ने र ११ किसीमको विवादमा मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्न सकिने अधिकार दिएपनि न्यायिक समितिले गर्ने निर्णयमा पीडितको चित्त नबुझेर प्रहरी प्रशासनमा जाने क्रम बढेपछि न्यायिक समितिलाई सक्रिय बनाउन अन्र्तक्रिया गरेको प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको अन्र्तक्रियामा बाराका १६ वटै स्थानिय तहका उप प्रमुख, सरकारी वकिल र प्रहरीको उपस्थिती रहेको थियो ।

spot_img

लोकप्रिय

Related Articles