Tuesday, May 26, 2026

यसरी गर्दैछन् पुर्वाधार बिकाश कार्यालयका प्रमुखले कमाइ

ताजा / भरखरै प्राप्त

पुर्वाधार बिकाश कार्यालय कलैया बारामा कार्यरत रहेका निमित्त कार्यालय प्रमुख राजेन्द्र साह भ्रष्टाचारमा बदनाम भएका ब्यक्ति रहेका छन्। बाराको कलैयामा कार्यालय स्थापना भएदेखि नै निमित्त कार्यालय प्रमुख साह अड्डा नै जमाएर बसेका छन्। जसले गर्दा पुर्वाधार बिकाश कार्यालयबाट जिल्लामा हुने बिकास निर्माणको कार्य सहित महेन्द्र निधि आवास कार्यक्रममा समेत भ्रष्टाचार गर्ने गरेको कुरा बिभिन्न सँचारमाध्यम सहित अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटोडाले समेत केरकार गरेको सर्वविदितै छ। त्यति मात्र होईन निमित्त कार्यालय प्रमुख साहको भ्रष्टाचारको बिषयमा मधेश प्रदेशको सदनमा समेत पुर्व मुख्यमंत्री सरोज कुमार यादवले आवाज उठाएका थिए।

पुर्व मुख्यमन्त्री यादवले सदनमा नै साहको भ्रष्टाचार बारे जानकारी गराउँदा साहको मधेश प्रदेश कार्यालयमा सरुवा भएको थियो। तर साहको स्थानमा कार्यालय प्रमुख ओम साह हाजिर भएको एक हप्ता नबित्दै पुनः साह मन्त्रालयमा भेटी चढाई पुर्वाधार बिकाश कार्यालय कलैयामा निमित्त कार्यालय प्रमुखको रुपमा हाजिर भएका छन्।

मन्त्रालयमा भेटी चढाएको निमित्त कार्यालय प्रमुख साह आफ्नो नातामा पर्ने दुई भाई कार्यालयमा दिपेन्द्र साह र राजेश साहलाई ईन्जिनियर पदमा करारमा नियुक्ति गरी आर्थिक आतँक नै मचाएको जानकारी प्राप्त भएको छ।

निमित्त कार्यालय प्रमुख साहले ति नातामा पर्ने दुई भाई मार्फत महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत जनताको आवास निर्माण नगरी नै बिना बिल भरपाईको भुक्तानी गराई २० प्रतिशत कमिशन उठाउन लगाएको जानकारी यस दैनिकलाई नाम नछाप्ने शर्तमा एक जना ठेकेदार बताएका छन्। साथै दुई भाईको माध्यमबाट चालु आर्थिक वर्षमा समेत निधि निवास निर्माण हुने र चालु आर्थिक बर्ष देखि मदन भण्डारी आवास कार्यक्रम सँचालन हुने भएकोले सेवाग्राहीहरुलाई आर्थिक कलेक्सन गराउने गरेको समेत उक्त ठेकेदारले बताएका छन्।

आफु मन्त्रालयमा भेटी चढाएको तथा अख्तियार दुरुपयोग अनुसंधान आयोग हेटोडामा समेत नजराना तिरेकोले ठेकेदार वा उपभोक्ता समितीबाट कमिशन नलिए कहाँबाट दिने भनि धाक लगाउदै कमिशन लिन दुई भाईलाई प्रयोग गरेको गुनासो उक्त ठेकेदारले गरेका छन्।

यस बिषयमा निमित्त कार्यालय प्रमुख राजेन्द्र साहसँग उहाँकको मोवाईल नम्बर ९८५५०४९५४१ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन। त्यसै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ।

spot_img

लोकप्रिय

Related Articles