Tuesday, May 26, 2026

प्रावि करारको शिक्षकलाई माविको हेडमास्टर बनाएपछि……

ताजा / भरखरै प्राप्त

बाराको महागढीमाई नगरपालिकामा माध्यमिक विद्यालयमा प्रावि करारको शिक्षकलाई प्रधानाध्यापक बनाएर विद्यालय संचालन गरिरहेको पाईएको छ । बाराको महागढीमाई नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरमा प्रावि करारको शिक्षक सरोज पासवानलाई प्रअ बनाएर शिक्षाको स्तर खस्काएको अभिभावकको आरोप रहेको छ ।

शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहहरु लागिपरेको भनिरहंदा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि करारको शिक्षकलाई प्रअ बनाएर शिक्षाको गुणस्तर खस्काउने काम भएको स्थानीयहरुले बताएका छन् । प्रावि करारका शिक्षक सरोज पासवानलाई नगरपालिकाको शिक्षा शाखाले प्रअ बनाएरर आर्थिक अनियमितता गरीरहेको अभिभावकहरुको आरोप रहेको छ । प्रअ पासवानले नियम विपरीत बालबिकास शिक्षिकाको विज्ञापन गरेर आफ्नो मान्छेलाई नियूक्ति गर्न लागेको स्थानीय अभिभावक रामप्रकाश साहले बताएका छन् । साहका अनुसार प्रअ पासवानले विद्यार्थीहरुको खाजा, कम्प्यूटर ल्याबमा अनियमितता गरेका हुन् ।

त्यस्तै प्रअ पासवानले आफ्ना.दाई मनोज पासवानलाई हाजिरी गरेको भरमा तलब खुवाउने गरेको अभिभावकहरुको गुनासो छ । विद्यालयमा राहत कोटाबाट नियूक्त भएका मनोज पासवान दैनिक पढाउन नआउने गरेको अभिभावकहरुको आरोप रहेको छ । विद्यालयमा अध्ययनरत विधार्थीहरुले पनि मनोज सर दैनिक रुपमा विद्यालयमा नआउने गरेको बताएका छन् । विद्यार्थीहरुका अनुसार शिक्षक मनोज पासवान हप्तामा एकदिन आएर हप्ताभरीको हाजिरी बनाएर घर जाने गरेका छन् ।

यता विद्यालयका प्रअ सरोज पासवानले भने सबै आरोपहरु निराधार रहेको बताएका छन् । प्रअ पासवानका अनुसार कुनै पनि हिनामिना नभएको र मनोज पासवान पनि दैनिक रुपमा विद्यालय आउने गरेको बताएका छन् ।

सामुदायीक शिक्षाको गुणस्तरमा सुधार गर्ने घोषणा गरेको स्थानीय तहले मावि स्कुलमा प्रावि करारको शिक्षकलाई किन प्रअ बनाएको भन्ने प्रश्नमा महागढीमाई नगरपालिकाका शिक्षा शाखाका प्रमुख रामविश्वास चौरसियाले बगडमपुर स्कुलमा तत्कालको समयमा मावि शिक्षकको दरबन्दी नरहेको अवस्थामा सरोज पासवानलाई जेष्ठताको आधारमा प्रअ बनाएको बताएका छन् । अब नयाँ शैक्षिक वर्षदेखि मावि शिक्षकलाई प्रअ बनाउने तयारी गरीरहेको शाखा प्रमुख चौरसीयाले बताएका छन् ।

तर शिक्षा शाखाका प्रमुख चौरसियाले जेष्ठताको आधारमा प्रअ बनाइएको बताइरहँदा भने विद्यालयमा पहिलादेखि नै प्रावि स्थायी शिक्षक र राहतका शिक्षक उनीभन्दा जेष्ठ रहेको फेला परेको छ । राहत कोटामा प्रअ सरोज पासवानका दाई मनोज पासवानको नियुक्ति उनीभन्दा पहिला भएको स्थानीयले बताएका छन् ।

spot_img

लोकप्रिय

Related Articles