Tuesday, May 26, 2026

५० वर्ष पुरा गरेको उपलक्ष्यमा ओम बिनायक ट्राभल्सको थप २ वटा रात्रीबस संचालनमा

ताजा / भरखरै प्राप्त

कलैया–काठमाडौं रुटमा रात्रीबस सञ्चालन गरिरहेको ओम बिनायक ट्राभल्सले ५० वर्ष पुरा गरेको उपलक्ष्यमा थप २ वटा रात्रीबस आज शुक्रबार देखि संचालनमा ल्याएको छ । टाटा मोटर्सको अधिकृत बिक्रेता सिपदी ट्रेडिङले अट्राभल्सको ५० वर्षको अवसरका तेस्रो पुस्ताका सञ्चालक अच्युत पौडेललाई सम्मानित गरेको छ ।

कलैया वीरगंज हुदै काठमाडौ र वीरगंज नारायणघाट रुटमा बस संचालन गर्दै आएको ओम बिनायकले टाटा कम्पनीको एलपिओ १५१५र५५ बिएस४ ब्राण्डको आधुनिक सुबिधा सम्पन्न दुई वटा बस संचाल्नमा ल्याएको हो । सिप्रदी प्रालिमा आज शुक्रबार एक बिशेष समारोहका बिच बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी प्रमुख गौतम मिश्र, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई, मधेश प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरिक्षक भिमकिरण बोगटी लगायतका अतिथीले ब्यालुन उडाएर बसको शुभारम्भ गर्नुभएको थियो ।

टाटा मोटर्ससंग विगत ५० वर्षदेखि ओम बिनायक ट्राभल्सले निरन्तर सहकार्य गरेर यातायात सेवा दिदैं आएकाले त्यसैको कदर गर्दै ओम बिनायक ट्राभल्सका सञ्चालक पौडेललाई सम्मानित गरिएको टाटा मोटर्सका सह–महानिर्देशक कृष्ण चन्दले बताउनु भएको छ ।

टाटा मोटर्सले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै संचालक पौडेलले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सम्पुर्ण सुबिधाहरु बसमा समावेश गरिएको बताउनु भयो । ३५ सिट क्षमता भएको सो बसमा २ बाई २ मोटराईज सिट ,युएसवी चार्जर, सिट बेल्ट,रिडिगं लाईट, कप होल्टर,आमरेष्ट,प्लेन जस्तै समान राख्ने डिकि,सेन्ट्रलाईज एसी,एलईडी लगायतको सुबिधा बसमा जडान गरिएको पौडेलले बताउनु भयो ।

 

spot_img

लोकप्रिय

Related Articles