बैरगनियाका दिलिप जयसवालको समूहले गौरमा गरेको हुण्डी कारोबारको समाचार लेख्ने संचारकर्मीहरु लाई लक्षित गरी समाजिक संजालमा अनावश्यक टिप्पणी सहितको पोष्ट गर्ने फेसबुक अकाउण्ट माथि आज आईतबार प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाण्डौमा उजुरी दर्ता भएको छ ।
दिलिप समूहले गरेको हुण्डी कारोबार बारे सत्यतथ्य समाचार लेखिरहेका संचारकर्मीहरुलाई लक्षित गरी Raghav Singh (राघव सिंह) नाम गरेको फेक फेसबुक आईडी बाट गरेको फेसबुक पोष्टको स्क्रिनशट सहित प्रहरी प्रधान कार्यालयको साईबर ब्यूरोमा उजुरी दिईएको हो ।
हुण्डी कारोबारी दिलिप समूहको कौशल जयसवालका भाई पर्ने मनिष जयसवालले आफु निकटका व्यक्तिबाट फेक अकाउण्ट बनाएर पत्रकारको बारेमा अनावश्यक टिप्पणी सहितको पोष्ट फेसबुकमा उक्त अकाउण्ट बाट शेयर भएपछि Raghav Singh आइडी माथि उजुरी दर्ता गराईएको हो ।
नेपाली बैंक र आइएमइ प्रयोग गरि अर्बौं मा अवैध हुन्डी कारोबार गर्ने दिलिप जैसवाल समुहले हुन्डी कारोबार संग संगै अवैध वैदेशिक मुद्रा (डलर) को समेत कारोबार गर्दै आएको छ ।

