रौतहटको गौरबाट हुण्डीको कारोबार गरीरहेका भारत बैरगनियाका दिलिप जयसवालको समूहले अहिले सर्लाहीको विभिन्न नाकाबाट कारोबार गरीरहेको पाईएको छ ।
पछिल्लो समय गौरको विभिन्न नाकाबाट दिलिपको समूहले कारोबार गरिरहेको समाचारहरु प्रकाशन भएपछि उक्त समूहले कारोबारको रुट परिवर्तन गरेका हुन् ।
भारतको बैरगनियाका दिलिप जयसवाल र कौशल जयसवालले संचालन गरेको हुण्डीको सम्राज्यको विषयमा विभिन्न मिडियामा लगातार रुपमा समाचारहरु प्रकाशन भएपछि पछिल्लो समय भारतीय खुफिया एजेन्सीले सीमानाकामा निगरानी बढाएपछि दिलिप समूहले कारोबारको रुट नै परिवर्तन गरेको समाचार स्रोतले जनाएको छ ।
उक्त समूहले अहिले सर्लाहीको विभिन्न नाका प्रयोग गरेर हुण्डीको कारोबार गरिरहेको सूचना यस पिएसआर खबरलाई प्राप्त भएको छ । त्यसैले नेपालमा अवैध मानिएको हुण्डी कारोबार लाई नियन्त्रण गर्न यदी सर्लाहीको सुरक्षा निकायले सतर्कता अपनाउने हो भने ठुलो सफलता प्राप्त हुने समाचार स्रोतको दाबी छ ।
दिलिप समूहको कारोबार बारे समाचार आउन थालेपछि अहिले समूहमा संलग्नहरु बैरगनियाका कारोबारीहरु भागमभाग भएका छन् ।
पछिल्लो समय कारोबारीहरु रौतहटमा रहेका विभिन्न शक्तिकेन्द्र मार्फत समाचार दबाउनका लागि विभिन्न किसीमको प्रलोभन देखाउन थालेका छन् ।

