नेकपा एकीकृत समाजवादी पार्टिको ७६ औं स्थापना दिवस आज मंगलबार उधोग बाणिज्य संघ बाराको सभाहलमा मनाईएको छ ।
एकीकृत समाजवादीको केन्द्रिय सद्स्य बिभा कार्किले ७६ औ स्थापना दिवसमा बोल्दै जिल्ला कमिटीका असंतुष्ट पदाधिकारीलाई एकजुट भएर पार्टिको बिकासमा सहयोग गर्नुपर्नेमा जोड दिइन । नेकपा एकीकृत समाजवादी पार्टी तत्कालीन नेकपा एमाले बाट पार्टी बिभाजन भई अलग पहिचान बनाउन सफल रहेको बताउदै कम्युनिस्टहरु जहिले पनि बिचार र समाजवादको लडाइँ लडेको बताउनु भयो । एमालेको अध्यक्ष ओलिको निरंकुष शासन ,अराजकतालाई सहन सकी छुट्टै पार्टिको स्थापना भएको बताईन ।
सोही कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मालती कुशवाहाले समाजवाद ,सुखी नेपाल ,समृध नेपाल बनाउन ग्रास रुट बाट नै एकीकृत समाजवादी पार्टिलाई अगाडि बढाउनु पर्ने बताईन ।
नेकपा एकीकृत समाजवादी बारा जिल्ला अध्यक्ष बिजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा रामचन्द्र प्यासी , तपेश्वर चौधरी , श्रीपासवान लगायतले आफ्ना मन्तव्य राखेका थिए ।
नेकपा एकीकृत समाजवादीको बारा जिल्ला कमिटीको भेला बैशाख २० गते कलैयामा हुने भएकोले सम्पुर्ण जिल्ला कमिटीको सदस्यलाई सहभागिताको लागि अनुरोध समेत गरिएको छ ।
कार्यक्रमको संचालन एकीकृत समाजवादी पार्टी बाराको सहसचिव ध्रुव यादवले गर्नु भएको थियो ।

