Tuesday, May 26, 2026

भ्रष्टाचार बढी गर्ने कार्यालयले किन दिन खोज्दैन सूचना ?

ताजा / भरखरै प्राप्त

जेठ २२, बारा । सबभन्दा बढी भ्रष्टाचार गर्ने कार्यालयको रुपमा पहिचान बनाएको पूर्वाधार विकास कार्यालय बाराले सार्वजनिक विषयको सूचना दिनका लागि आनाकानी गरेको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा २ मा सरकारी निकायमा रहेका सूचना अधिकारीले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना तत्काल उपलब्ध गराउनुपर्ने व्यव्स्था ऐनमै उल्लेख गरेपनि पूर्वाधार विकास कार्यालय बाराले सूचना दिन विभिन्न बहाना बनाइरहेको देखिएको छ ।

भ्रष्टाचार आरोपमा तत्कालिन निमित्त प्रमुख राजेन्द्र प्रसाद साह निलम्बनमा परेपछि कार्यालयको निमित्त प्रमुख बनेर आउनु भएकि रिम्पु कुमारी यादवले सूचना दिन आनाकानी गर्नुभएको हो । प्रदेश सरकार बाट बारा जिल्लामा संचालनमा रहेको योजनाहरुको नामावली माग गर्न बिहिबार दिउँसो कार्यालय समयमा कार्यालय प्रमुख यादवको कार्यकक्षमा पुग्दा उहाँले यस कार्यालयबाट जुनसुकै सूचना लिनका लागि पनि निवेदन लेखेर ल्याउनुपर्ने भन्नुभयो ।

कार्यालय प्रमुख यादवले सरकारी निकायबाट दिइने जस्तोसुकै सूचना पनि हामि प्रक्रिया पुर्याएर मात्र दिन मिल्ने बताउनु भएको छ । उहाँले भन्नु भएको प्रक्रिया अनुसार पहिला निवेदेन लेखेर दिने त्यसपछि कार्यालय प्रमुखले सूचना अधिकारीको नाममा तोक लगाएर दर्ता गर्ने र त्यसपछि उनलाई मन लागेको बेला निवेदकलाई सूचना उपलब्ध गराउने उनको भनाई रहेको छ ।

यदि नियत सफा छ भने हामिले माग गरे अनुसारको बारामा संचालनमा रहेको योजनाहरुको शिर्षक सम्बन्धी सूचना निमित्त कार्यालय प्रमुख यादवले २ मिनेट भित्र उपलब्ध गराउन सक्नुहुन्छ तर नियतमै खोट भएपछि कसाको के लाग्छ र ?

सूचना माग गर्दा के भनिन कार्यालय प्रमुख यादव ?

भ्रष्टाचारको अड्डा बनेको बाराको पूर्वाधार विकास कार्यालयमा आज बिहिबार दिउँसो २ बजेर ४० मिनेटमा पुग्दा निमित्त कार्यालय प्रमुख रिम्पु कुमारी यादव आफ्नो कार्यकक्षमै बसिराख्नु भएको थियो । हामिले उहाँसंग समाचार बनाउनका लागि प्रदेश सरकारबाट बारामा संचालित योजनाहरुको शिर्षक सहितको नामावली माग गर्यौ ।

यो सुन्ने बितिक्कै प्रमुख यादवले यसरी मौखिक रुपमा भनेको भरमा हामि कुनै पनि जानकारी नदिने बताउनु भयो । उहाँले कार्यालयबाट कुनै किसीमको जानकारी वा सूचना लिनु छ भने प्रक्रिया पुर्याएर आए भने मात्र दिने अडान राख्नु भयो । त्यसपछि हामिले समाचार बनाउनको लागि तुरन्त चाहिने सूचना त एकछिनमै दिन मिल्ने हो तपाई किन सूचना दिन आनाकानी गर्नुभएको भनेर प्रश्न गर्याै, तब उहाँले मौखिक रुपमा भनेको भरमा हामि कुनै जानकारी दिन्नौ भनेर तपाईलाइ भनीसके यदि सूचना चाहिएको छ भने निवेदन लेखेर दिनुस म सूचना अधिकारीको नाममा तोक लगाईदिन्छु अनि तपाई दर्ता गरेर जानु हामि आफै १५ दिनभित्र सूचना उपलब्ध गराउँछौ भनेर भन्नुभयो । हामिले तत्काल उपलब्ध गराउनु पर्ने सूचनामा पनि तपाई किन ढिलाई गर्दै हुनुहुन्छ भनेर सोध्दा कार्यालय प्रमुख यादवले पुन: निवेदन दिएमात्र सूचना दिने कुरा दोहोर्याउनु भयो ।

उहाँले लिखित रुपमै सूचना दिने अडान राखेपछि हामिले पनि लिखित रुपमा सूचनाको लागि निवेदन लेखेर कार्यलय प्रमुखलाई दियौं । त्यसपछि उनले सूचना अधिकारी आरती चौधरीको नाममा तोक लगाएर दर्ता गर्न भन्नुभयो । यो सब प्रक्रिया पुरा गर्दा गर्दै करिब ३ बजेको थियो । दर्ता गरेर सूचना अधिकारी आरती चौधरीलाई निवेदन दिन जाँदा उनको कार्यकक्ष खालि थियो । उनको बारेमा अन्य कर्मचारीलाई सोध्दा उहाँ पहिला नै घर हिंडिसक्नु भएको रहेछ त्यसपछि हामिले दर्ता भएको निवेदन कार्यालय सहयोगिको जिम्मा लगाएर त्यहाँबाट निस्केका थियौं ।

मौखिक रुपमा मागेको भरमा २ मिनेट भित्र प्रिन्ट गरेर दिन मिल्ने सूचना आखिर कार्यालय प्रमुख रिम्पु कुमारी यादवले किन दिन खोज्नु भएन ? यो गम्भिर प्रश्न हो ।

spot_img

लोकप्रिय

Related Articles