Tuesday, May 26, 2026

लागुऔषध सहित ४ जना पक्राउ

ताजा / भरखरै प्राप्त

जेठ २३, बारा । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध नाइट्राभेट ट्याबलेट सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्जको संयुक्त टोलिले अबैध लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा निगरानी गरिरहेको टोलिले कलैया उपमहानगरपालिका ६ हनुमान चोक नजिक लागुऔषध लेनदेन गरीरहेको अवस्थामा नाइट्राभेटको ३५ पत्तामा १ हजार ३५ पिस ट्याब्लेट सहित ४ जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का २६ वर्षिय मुकेश साह कलवार, वडा नं २७ का १९ वर्षिय धिरेन्द्र कुशवाहा र वडा नम्बर ९ रामपुर का २० वर्षिय सुमन चौहान तथा २४ वर्षिय प्रदिप कुमार साह रहेका छन् । पक्राउ परेका ४ जनालाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

spot_img

लोकप्रिय

Related Articles