Tuesday, May 26, 2026

ब्लड बैंकमा रगतको अभाव

ताजा / भरखरै प्राप्त

जेठ ३१, बारा । प्रादेशिक अस्पताल कलैयामा रहेको ब्लड बैंकमा अहिले रगतको अभाव भएको छ।

ब्लड बैंकमा १ हजार पोका रगत भण्डारण गर्ने क्षमता भए पनि अहिले रगत अभावका कारण स्टोर खालि रहेको ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले बताएका छन् । राजाबाबुका अनुसार ब्लड बैंकबाट दैनिक ४०–५० जना बिरामीले सेवा लिने भएपनि जेठ २ गतेदेखि रगत अभावका कारण बिरामीहरूले उपचारमा कठिनाइ भोग्नुपरेको छ । ,”इन्चार्ज गुप्ताले जानकारी दिए।

प्रादेशिक अस्पतालमा शैल्यक्रिया, डेलिभरी, दुर्घटना लगायतका आकस्मिक सेवाहरूका लागि निरन्तर रगतको माग हुने गर्दछ। तर हालको अवस्था हेर्दा, बिरामीहरुलाई समयमा रगत नपाएको हुनाले उपचारमा समस्या भइरहेको छ ।

बारा जिल्लामा १ वटा रेडक्रस शाखा र १३ वटा उपशाखाहरू सक्रिय भए तापनि जिल्ला भित्र रहेका अन्य संस्थाहरूको पर्याप्त समन्वय र निरन्तरता अभावले रगतको आपूर्ति हुन सकेको छैन।

ब्लड बैंकका इन्चार्ज गुप्ताले भने, “विगतमा थुप्रै संघ–संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका थिए। तर अहिले नियमित रक्तदान कार्यक्रम नहुनु र जागरूकताको कमीले यो अवस्था सिर्जना भएको हो।”

उनले बारा जिल्लाका संघ(संस्थाहरू, सामुदायिक संगठनहरू,विद्यालय,क्याम्पस,युवा क्लबहरूलाई समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर मानव जीवन रक्षामा सहयोग गर्न आग्रह गरेका छन्।

spot_img

लोकप्रिय

Related Articles