Tuesday, May 26, 2026

सशस्त्र प्रहरी द्वारा करिब ४० लाख बराबरको सामान बरामद

ताजा / भरखरै प्राप्त

जेठ ३१, बारा । भारतबाट लुकाईछिपाई नेपाल प्रवेश गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल १२ नम्बर गणको टोलीले करिब ४० लाख मूल्य बराबरको एयरपोड र टेम्परग्लास बरामद गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ डम्पिगं साईटको बाटोबाट आज शनिबार विहान करिब साढे ५ बजेको समयमा साईकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा ब्राण्डेड कम्पनीका एयरपोड र टेम्परग्लास सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल १२ नम्बर गण हेडक्वाटर बारा सशस्त्र प्रहरी नायब उपरिक्षक मोहनराज बिष्टको कमाण्डमा खटेको टोलीलाई देखेर सामान ल्याउने भरीया साइकल छाडेर भागेका थिए । साइकल छाडेर भागेपछि संका लागेर हेर्दा ३९ लाख ९२ हजार बराबरको एयरपोड प्रो ९५ थान र टेम्परग्लास १ सय ६० थान रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति खुमबहादुर के.सी.ले बताउनु भएको छ ।

spot_img

लोकप्रिय

Related Articles