जेठ ३१, बारा । अस्पताल रोडमा रहेको कलैया हस्पिटल प्रा.लि. ले आज शनिबार विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गरौं, जीवनदान गरौं भन्ने मूल नाराका साथ आयोजना गरीएको रक्तदान कार्यक्रममा दुईजना महिला सहित २७ जनाले रक्तदान गरेको कलैया ब्लड बैंकका कर्मचारी कृष्ण यादवले बताएका छन् ।
आज शनिबार बिहान मात्र विभिन्न मिडियामा ब्लड बैंकमा रगतको अभावको समाचार पढेपछि सहयोगको भावनाले रक्तदान कार्यक्रमको आयोजना गरिएको कलैया हस्पिटल प्रा.लि का संचालक डाक्टर काशीलाल केशरीले बताएका छन् । उनले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

