Tuesday, May 26, 2026

माननीय ज्वाला साहको शिलान्यास मोह…..

ताजा / भरखरै प्राप्त

असार ०१, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाएको कालोपत्रे सडकको जेठ ३१ गते शनिबारका दिन बारा क्षेत्र नम्बर ३ का माननीय ज्वाला साहले म्याद समाप्त भएको सडकको तामझामका साथ शिलान्यास गरेको पाईएको छ ।


संघिय सरकारबाट आएको ५० लाख बजेटलाई जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का लगाउँदा २८ लाख रुपैयामा ठेक्का साकार गरेका ए.वि.सी.कन्सट्रक्सन एण्ड बिल्डर्स प्रा.लि.ले २०८२ जेठ २८ गतेसम्ममा काम सम्पन्न गर्नेगरी बैशाख १२ मा सम्झौता गरेको सडकको उनले शिलान्यास गर्नुभएको हो ।


योजना बोर्डमै जेठ २८ गते काम सम्पन्न हुने मिति उल्लेख भएपनि माननीय साहले जेठ ३१ गते शिलान्यास गर्नुले उनको शिलान्यास मोह समाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

spot_img

लोकप्रिय

Related Articles