Tuesday, May 26, 2026

सिम्रौनगढमा बाढी विपद व्यवस्थापनका लागि कृत्रिम घटना अभ्यास

ताजा / भरखरै प्राप्त

असार ०३, बारा – बाढीको समयमा मानविय क्षति न्यूनीकरण गर्ने लक्ष्य सहित जिल्ला विपद व्यवस्थापन समितिले बाराको सिम्रौनगढ नगरपालिका ९ को झरोखर पोखरीमा कृत्रिम घटना अभ्यास गरेको छ ।

प्राकृतिक प्रकोप व्यवस्थापनमा तयारी र समन्वय अभिवृद्धि गर्न उद्देश्य राखिएको उक्त अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीय तहका जनशक्तिहरु सक्रिय रूपमा सहभागी भएका थिए ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार बाढी प्रकोपको सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वसूचना प्रणाली अन्तर्गत पाँचवटा विशेष कार्यदलको समन्वयमा अभ्यास गरिएको हो । ती कार्यदलहरूमा पूर्वसूचना कार्यदल, खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल, राहत व्यवस्थापन कार्यदल तथा समन्वय टोली रहेको थियो ।

कृत्रिम अभ्यासले वास्तविक विपद आउँदा समुदायलाई तत्काल प्रतिक्रिया दिने क्षमतामा सुधार ल्याउने प्रजिअ अधिकारीले बताउनु भएको छ ।

अभ्यासमा बाढीको पूर्व सूचना प्राप्त भएपछि कसरी उद्धार गर्ने, घाइतेको प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने लगायतका अभ्यास प्रस्तुत गरिएको थियो सहभागी निकायहरूको सहकार्य र तालमेल परीक्षण गर्नुका साथै सघन अभ्यासले विपद व्यवस्थापनमा रहेका कमजोरी पहिचान गर्ने अवसर पनि मिलेको विपद व्यवस्थापन समितिले जनाएको छ।

स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति र चासोबीच सम्पन्न अभ्यासलाई जिल्लास्तरीय अभ्यासको उदाहरणीय नमुनाको रूपमा हेरिएको छ। यसले दीर्घकालीन जोखिम न्यूनीकरणको दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

spot_img

लोकप्रिय

Related Articles