Tuesday, May 26, 2026

सिम्रौनगढमा कवाडको रडले सडक ढलान, सब-इन्जिनियर सिंह र हाकिम यादवको मिलेमतो सार्वजनिक

ताजा / भरखरै प्राप्त

असार ०८, बारा । बाराको सिम्रौनगढ नगरपालिका ७ को खजानि टोलदेखि बरहम बाबा मन्दिरसम्मको सडक ढलानमा गुणस्तरहिन सामग्री प्रयोग गरिएको खुलासा भएको छ । ४५ लाख रुपैयाँ लागतमा निर्माणधीन उक्त सडकमा कवाडबाट संकलन गरिएको रड प्रयोग गरिएको पाइएको छ।

यस योजनाको जिम्मा उपभोक्ता समितिसँग रहेको छ तर सब-इन्जिनियर प्रभात सिंहको मातहतका योजनाहरूमा पटक–पटक गम्भीर लापरवाही देखिएको जनगुनासो रहेको छ। योजनाको स्थलगत अनुगमनमा खटिएका स्थानीय पत्रकारहरूले रड नै कवाडस्तरको रहेको, बिम राख्दा आवश्यक मापदण्ड नपुर्याएको पुष्टि गरेका छन् ।

न सब-इन्जिनियरको निगरानी, न हाकिमको चासो

सडक ढलानकै काम सुरु हुनुअघि इन्जिनियर प्रभात सिंहले ‘काम रोक्न निर्देशन दिएको’ बताउँछन् । तर यथार्थमा कुनैपनि प्राविधिक संलग्नता बिना ढलानको काम अघि बढेको छ । पूर्वाधार विकास कार्यालयकी प्रमुख रिम्पु यादव भने सिंहका हरेक योजनामा गुनस्तरहिन काम भइरहँदा पनि टुलुटुलु हेरेर बस्ने भूमिकामा सीमित देखिएकी छन् ।

स्थानीयवासीको भनाइ अनुसार, प्रभात सिंह योजनास्थलमा नआईकनै आफूलाई डन ठान्दै कार्यालयमा ब्रसच्व देखाएरू बस्ने गरेको आरोप पनि छ । सिंहले हाकिम यादवलाई आर्थिक प्रलोभनमा पारी योजनाहरू मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप गम्भीर रूपमा उठेको छ ।

उपभोक्ता समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने प्रदेशदेखि जिल्ला कार्यालयसम्म कमिसन बुझाउनुपर्ने बाध्यता छ । गुणस्तरीय काम गरे एक रुपैयाँ पनि बच्दैन, त्यसैले कमसल सामग्री हाल्न विवश छौं ।

योजनाको लागत जनताको करबाट उठाइएको हो, तर उपभोक्तालाई चित्त बुझाउने कुनै संरचना निर्माण हुन सकेको छैन । सरकारी अनुदानलाई व्यर्थ गर्ने, अनि त्यसैको ढोकोमा ‘प्रगति प्रतिवेदन बुझाएर भुक्तानी थाप्ने यस्ता योजनाहरू मधेश प्रदेशमै बदनाम बन्दै गएका छन् ।

प्रभात सिंहका अनुसार मेरो मातहतका कुनै योजनामा गुणस्तरहिन काम भएको छैन । तर आईतबारकै स्थलगत अवलोकनमा ठीक विपरीत दृश्य देखिएको छ । ढलानको लागि राखिएको रड न त नयाँ थियो, न त मापदण्ड अनुसार भएको पाईएको छ तर पनि काम धमाधम रुपमा भईरहेको छ।

त्यसैगरी सडकको मोटाई, समतलता लगायतका पक्षमा समेत कुनै प्राविधिक मापदण्ड पालना भएको देखिएको छैन । हाकिमको ‘घाँटी दुखाइ’ बहाना, जवाफ दिन नसक्ने अवस्था रहेको छ । पूर्वाधार विकास कार्यालयकी प्रमुख रिम्पु यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले घाँटी दुखेकोु कारण देखाउँदै जवाफ दिन मानेनन् ।

सिम्रौनगढको यो योजना त केवल एउटा प्रतिनिधि मात्रै हो । मधेश प्रदेशका सयौं योजनाहरूमा यस्तै नियोजित लापरवाही भईरहेको पाईएको छ । प्रभात सिंहले पूर्वाधार बिकास कार्यालयमा आफ्नो सम्राज्य नै जमाएर बसे पनि संबंधित निकाय अझै पनि मुखदर्शक भएर बसेको छ ।

spot_img

लोकप्रिय

Related Articles