Tuesday, May 26, 2026

जेठमै आएको प्रतिवेदन नगर प्रमुखले भदौमा देखे

ताजा / भरखरै प्राप्त

भदौ ०१, बारा । कलैया उपमहानगरपालिकामा भएको करोडौको अनियमितता महालेखाको प्रतिवेदन मार्फत बाहिरिएपछि नगर प्रमुख बिनोद साहको छटपटाहट सुरु भएको छ । जेठ ८ गते नै महालेखाले सार्वजनिक गरिसकेको प्रतिवेदनलाई साहले शनिबार आफ्नो नजिकको एक पत्रिकामा फेरि “सार्वजनिक” गराएर ढाकछोप गर्ने प्रयास गरेका छन् ।

महालेखाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०।०८१ मा मात्रै कलैया उपमहानगरपालिकामा ७ करोड ६९ लाख ३९ हजार ८१ रुपैयाँको अनियमितता भेटिएको छ । जसमा हाट बजार मर्मत–सौन्दर्यकरणमा १ करोड १ लाख ४३ हजार ४ सय १८, बृक्षारोपणमा १ करोड ३४ लाख ९८ हजार ५ सय ७५, अधुरै काममा बढी कार्य स्विकार गरेर २ करोड १० लाख ९२ हजार १ सय १०, कृषि विद्युतीकरणमा ३ करोड १७ लाख ५७ हजार ५ सय ५५, कच्चावारी नभरी ४४ हजार ५ सय र शिर्षक फरक पारी खर्च गरिएको ४ लाख २ हजार ९ सय २३ रुपैयाँ रहेको छ ।

यस्तो ठुलो रकमको अनियमितता खुलेपछि आलोचनाबाट बच्न नगर प्रमुख साहले “प्रतिवेदन अहिले मात्रै आयो” भन्ने भ्रम सिर्जना गर्न आफ्ना नजिकका सञ्चारमाध्यमलाई प्रयोग गरेको आरोप छ । प्रतिवेदनलाई ३ महिना पछि नाटकीय शैलीमा सार्वजनिक गराउनु नै साहको दोष लुकाउने असफल प्रयत्नको प्रमाण भएको कलैयाका नागरिक बताउँछन् ।

विवेकशील साझा पार्टीका प्रदेश अध्यक्ष डा. सुशिल साहले भने, “जेठमै सार्वजनिक भएको प्रतिवेदनलाई अहिले आएर सार्वजनिक भएको भन्नु हास्यास्पद मात्र होइन, नागरिकको आँखामा धुलो हान्ने निर्लज्ज प्रयास हो । नगर प्रमुखले जनतालाई बेवकुफ ठान्ने प्रवृत्ति छाड्नुपर्छ ।”

 

spot_img

लोकप्रिय

Related Articles